ईश निन्दा गरेको भन्दै श्रीलंकालीलाई कुटेर मार्ने ६ जनालाई पाकिस्तानमा मृत्युदण्ड | Khabarhub Khabarhub

ईश निन्दा गरेको भन्दै श्रीलंकालीलाई कुटेर मार्ने ६ जनालाई पाकिस्तानमा मृत्युदण्ड


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईश्वरको निन्दा गरेको भन्दै गत वर्ष एक श्रीलंकाली नागरिकलाई कुटेर मार्ने ६ जनालाई पाकिस्तानको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको लाहौर शहरमा रहेको प्रतिआतंकवाद अदालतले उनीहरुलाई श्रीलंकाली नागरिक प्रियन्था कुमारा दियावदनाको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाएको हो ।

यीबाहेक घटनामा संलग्न नौ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको र अरु ७२ जनालाई दुई वर्ष जेल सजाय सुनाइएको बताइएको छ । सजाय पाउनेमध्ये आठ जना नाबालिग रहेको अल जजिराले जनाएको छ ।

‘अदालतमा यो मुद्धा पु¥याउन र यो फैसलासम्म पुग्नका लागि अभियोजनपक्षले निकै मिहिनेत गरेको छ ।’ सार्वजनिक अभियोजनकर्ता अब्दुल रउफ वाटूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

४८ वर्षे दियावदनाको गत वर्षको डिसेम्बर महिनामा सियालकोट शहरमा ईश्वरको निन्दा गरेको भन्दै आक्रोशित मानिसहरुको भीडले कुटेर हत्या गरेका थिए । हत्यापश्चात उनको शवलाई जलाइएको थियो । भीडमा रहेका केही मानिसहरुले जलेको शवसँग सेल्फी खिचाएको समेत बीबीसीले जनाएको छ ।

सियालकोटको एक कारखानामा म्यानेजर रहेका दियावदनाले इस्लाम धर्मका पैगम्बर मोहम्मदको नाम लेखेको पोष्टर च्यातेको भन्दै आक्रोशित भीडले उनको हत्या गरेका थिए । यता उनीसँगै काम गर्ने सहकर्मीले भने भवनलाई सफा गर्ने बेला भएका कारण उनले उक्त पोष्टर च्यातेको बताएका छन् ।

यस घटनाले पाकिस्तानभर आक्रोश पैदा गरेको थियो । घटनापछि तत्कालिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनी टिप्पणी गरेका थिए ।

बहुसंख्यक इस्लाम धर्मावलम्बीको बसोबास रहेको पाकिस्तानमा ईश्वर निन्दाको विषय निकै संवेदनशील मानिन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६