अब खुला छौं, सबै साथीहरूलाई स्वागत छ–कमल थापा | Khabarhub Khabarhub

अब खुला छौं, सबै साथीहरूलाई स्वागत छ–कमल थापा


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए ।

सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनातन धर्म र संस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमा समेत राप्रपाले आफूलाई ढाल्ने बताए । सोही कार्यक्रममा उनले भने, ‘नेपाली जनताको ठूला चाहना छैनन् । उनीहरूको चाहना भनेको दुई छाक खाने, एक सरो लगाउन, बिरामी हुँदा सहजै उपचार र छोराछोरीलाई स्तरीय शिक्षा दिने हो ।’

यी आधारभुत आवश्यकतामा समेत अन्य पार्टीले चासो नदिएको उनको आरोप छ । अब राप्रपा नेपालले यिनै विषयालाई प्राथमिकतामा राख्ने उनले बताए । उनले यसअघि देशभरबाट जम्मा आठ प्रतिशत मत ल्याएकोमा अब ९४ प्रतिशतको दलका रुपमा राप्रपा जानुपर्ने पनि बताए ।

उनले कार्यक्रममा राप्रपा नेपालमा नयाँ पुराना सबै सहयात्री साथीहरूलाई स्वागत गरिने पनि बताए । उनले भने, ‘हामी राष्ट्रवादी शक्तिका रुपमा रहन्छौँ । हाम्रो भविष्य उज्जल छ । यो पार्टी युवाहरूको हुनेछ । सोही अनुसार पार्टीमा अधिकांश युवा छन् ।’ उनले हिजोसम्म सिमित घेरामा रहेको र अब ति सबै सीमा तोडेको पनि उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : १६ बजे

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्