चिसोले मधेश प्रदेशको जनजीवन प्रभावित « Khabarhub

चिसोले मधेश प्रदेशको जनजीवन प्रभावित


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण तीन जनाको मृत्यु भएको छ ।

चिसोको कारण बिरामी हुनेको संख्या उच्च रहेको छ । प्रदेशिक अस्पताल जनकपुर र यहाँका निजी हस्पिटल तथा निजी क्लिनिकहरूमा बिरामी भएर आउनेको संख्या बढी देखिएको प्रदेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडी दासले बताए ।

उपचारका लागि चिसो कारण स्वास प्रस्वासमा समस्या भएका, हाड जोर्नी दुख्ने, रुघाखोकीलगायतका बिरामी बढी आउने गरेको उनले बताए । निजी क्लिनिकहरुमा चिसोले बिरामी भई आउने बालबालिकाको संख्या बढिरहेको छ । चिसोमा शारीरिक गतिविधि कम हुने भएकोले खानपिन बढी, तौल बढने लगायतका कारण रक्तचाप, र मधुमेहको जस्ता रोगको समस्या बढी हुने उनले बताए ।

यसैबीच, अत्यधिक चिसो बढेपछि जनप्रतिनिहरुले ठाँउ ठाउँमा दाउरासमेत वितरण गरेका छन् । जनकपुरधाम उपहमनगरपालिका– १ एक वडा अध्यक्ष सत्रुधन साहले चिसो कारण वडाभित्र दाउरा वितरण गरेको बताए । चिसो छल्न आगो ताप्ने क्रममा आधा दर्जनजति मानिस घाइते भएका मधेश प्रदेशका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरि, चिसो बढेपछि मधेश प्रदेश सरकारले गरिब विपन्नहरूलाई कम्बल वितरण गरेको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताए । मन्त्री साहका अनुसार प्रदेश सरकारले पहिलो चरणमा दुई हजार १०० कम्बल वितरण भइसकेको छ भने दोस्रो चरणको लागि खरिद भइरहेको छ ।

केही दिनअघि मधेश प्रदेश सरकारले चिसो र कोरोना भाइरसको रोकथाक तथा औषधि उपचारमा सहज प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतले पनि सबै सरोकारवाला निकायलाई निर्देशनसमेत दिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ३ : ४५ बजे

एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन: गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक वर्षमै दुई

काठमाडौँ महानगरपालिका–८ मा कांग्रेसको प्यानल विजयी

काठमाडौँ– काठमाडौँ महानगरपालिका–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित

नेपालमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’

काठमाडौँ– नेपालमा पहिलोपटक ‘अफ्रिकन स्वाइन फिभर’ रोग भेटिएको पुष्टि भएको

बाँसगढीको नगरप्रमुख र उपप्रमुखमा एमाले

बाँके– बर्दियाको बाँसगढी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी

म्यान्चेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

काठमाडौं- म्यान्चेस्टर सिटीले यो सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको