स्थानीयवासीले १० प्रतिशत शेयर पाउने « Khabarhub

स्थानीयवासीले १० प्रतिशत शेयर पाउने


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो ।

रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए । ‘माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ’, उनले भने, ‘करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौँ । एउटा रुख बराबर १० रुख रोपण गरिने छ ।’

आयोजना निर्माण गर्न रु ९२ अर्ब खर्च हुने आयोजनाका विज्ञ शिवशङ्कर कार्कीले बताए । सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ । ‘आयोजनाबारे अध्ययनको काम सकिएको छैन’, उनले भने । आवास निर्माणको काम भने थालिएको छ । जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ ।

बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ । आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन् । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले बताए।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १० : ४५ बजे

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौँ– चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली

जेलेन्स्कीसँग वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह

काठमाडौं- जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले

प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण!

काठमाडौँ– प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार ३ सय १० रुपैयाँ

नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले नेपाल आयल

संसदमा आर्थिक सर्वेक्षण पेश, गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गरिने

काठमाडौँ– प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश भएको छ । प्रतिनिधिसभाको आजको