न्युजिल्याण्डको दक्षिणी टापुमा भीषण बाढी, सयौं परिवार विस्थापित | Khabarhub Khabarhub

न्युजिल्याण्डको दक्षिणी टापुमा भीषण बाढी, सयौं परिवार विस्थापित


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामठाडौँ– न्युजिल्यान्डको दक्षिणी टापुमा बिहीबार आएको बाढीका कारण सयौं परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् । मुलुकका मुख्य गरी तीन क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

उष्ण कटिबन्धीय मौसमका कारण आउने आँधीले दक्षिण टापुका केही भागमा ३० सेन्टिमिटर भन्दा बढी वर्षा गराएको छ, जसका कारण नदीहरूमा बाढी आई उनीहरूले विभिन्न स्थानमा नदीले भू–क्षय गरी बस्ती र कृषिजन्य जमिनलाई डुबाउने खतरा बढेको छ ।

अत्यधिक मौसमका कारण रुखहरु पनि ढलेका छन् भने मुख्य सडकहरु अवरुद्ध भएका छन् । पश्चिमी तटमा रहेको बुलर र नेल्सनमा बुधबार आपतकालीन अवस्था घोषणा गरिएको छ, जहाँ १५ घण्टामा एक महिनामा भन्दा बढी वर्षा भएपछि २३३ परिवारलाई सुरक्षित स्थलमा सारिएको छ ।
व्यापक बर्षाका कारण नेल्सनको मुख्य नदी मैताईमा ठूलो बाढी आएको र नदीले प्राकृतिक मार्ग परिवर्तन गर्दै घर, पाइप र सडकहरू खोलेको छ भने बस्ती तथा जमीनमा दुई फिटभन्दा बढी पानी जमेको छ ।

शहरका मेयर रचेल रीजले बाढीलाई ‘एकसय वर्षमा एक पटक हुने घटना’ बताए । खोजी र उद्धार टोलीहरू र सैन्य कर्मचारीहरूले जलमग्न सडकमा मानिसहरूलाई मद्दत गरिरहेका छन् ।

रीजले बाढीका कारण ढलहरू फुटेकाले स्थानीयहरूलाई सबै पानीलाई दूषित पानीको रूपमा व्यवहार गर्न चेतावनी दिए ।

नेल्सननिवासी साम लाग्रुट्टाले प्रहरीले घरबाट बाहिर निस्कन पाँच मिनेटमात्र समय दिएको भन्दै स्थिति भयावह रहेको बताएका छन् ।

दक्षिण टापुको पश्चिमी तटका थप १६० घरधुरीलाई पनि खाली गर्न भनिएको छ । बुलर हालैका वर्षहरूमा बारम्बार बाढीको चपेटामा पर्दै आएको छ।

न्युजिल्याण्डको उत्तरी टापु पनि खराब मौसमबाट प्रभावित भएको छ । नर्थल्याण्डमा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलेको छ र ‘स्टेट हाइवे वन’मा रुख ढलेर भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् ।

गत महिना न्युजिल्याण्डको इतिहासमा नै ठूलो बर्षा भएको थियो भने खराब मौसम यस साताको अन्त्यसम्म जारी रहने देखिएको मौसम विज्ञान पूर्वानुमान कार्यालयहरूले जनाएका छन् ।
न्युजिल्यान्डका २० हजार घरमध्ये करिब एक प्रतिशत घर बाढीको जोखिममा छन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : २३ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ