धनगढीमा छाडा पशु चौपाया व्यवस्थापन गर्न चुनौतीपूर्ण | Khabarhub Khabarhub

धनगढीमा छाडा पशु चौपाया व्यवस्थापन गर्न चुनौतीपूर्ण


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका–७ को देवहरिया वन क्षेत्रकोबीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा  झन्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् ।

भूइँमा धुलोमाटो र गोबर मलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा ती चौपाया पुगेका जनाइएको छ । धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त रूपमा सो गौशाला बनाएका हुन् ।  सो गौशालामा चौपायालाई नियमित रुपमा घाँसपातको व्यवस्थापन गर्न समस्या परेको जनाइएको छ ।

गौशालाका हेरालु पृथ्वी रानाले पशु चौपायाका लागि चाहिने पर्याप्त घाँसपात र दानापानी जुटाउन नसक्दा धेरै मर्ने गरेको जानकारी दिए। उनले भने, “पोसिलो खाना नपाउँदा ब्याउने भएको दुई तीन महिनाभित्रमै केही गाई मर्ने गरेका छन्, भर्खर जन्मिएका बाच्छासमेत मरिरहेका छन् ।”

सो उपमहानगरपालिकाले वर्षमा एक पटक गहुँको भुसा र पराल किनेर गौशालामा उपलब्ध गराउने गरे पनि यसले खोरमा रहेका सबै पशुलाई पर्याप्त नभएको बताइएको छ । देवहरिया वनस्पति उद्यानले ओगटेको जङ्गलमा रहेको गौशालाका पशु चौपायाका लागि चरनका रूपमा जङ्गल प्रयोग गर्दा उद्यानका रुख बुट्यान मासिन थालेका छन् ।

गौशाला बनाएर छाडा पशु चौपायाको व्यवस्थापन गर्नका लागि छ महिनाका लागि उपमहानगरपालिका र वनस्पति कार्यालयबीच समझदारी भएको थियो । सम्झौता सकिएको लामो समय भइसकेको भए पनि उपमहानगरपालिकाले कुनै चासो नदिएको वनस्पति अनुसन्धान केन्द्र धनगढीका प्रमुख गङ्गादत्त भट्टले बताए।

“छाडा पशु चौपायाको व्यवस्थापनका लागि छ महिनाका लागि उद्यानको वन क्षेत्र प्रयोग गर्न दिइएको थियो”, उनले भने, “त्यसपछिको समयमा उपमहानगरपालिकाले कुनै राखेको छैन ।” सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि पछिल्ला वर्षमा बढ्दै गएको छ ।

गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु बाच्छाबाच्छी छाडा छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । यसरी छोडिने चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानमा हैरानी छ । कैलाली र कञ्चनपुर जिल्लामा छाडा पशु चौपायाको समस्या बढी छ ।

छाडा चौपायाबाट आआफ्नो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । “पशु चौपाया छाडा छोडिँदा बाली जोगाउन मुस्किल भइसक्यो”, स्थानीय किसान जनक भट्टले भने, “लक्ष्मीका रूपमा पूजा गरिने गाईलाई हामी हिन्दुहरूमा छाडा छोडिएका गाईको अवस्था देख्दा पीडा बोध हुनुपर्ने हो ।”

गाईको मलमूत्र धार्मिक संस्कारसम्बन्धी कार्यमा प्रयोग हुने मात्र नभई मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भएको गाईलाई छाडा छोडेर लापरबाही गर्न नहुने उनी बताउँछन् ।

कतिपय स्थानीय पालिका र सङ्घसंस्थाको पहलमा गौशालाको निर्माणसहित यस्ता पशु चौपायाको व्यवस्थापन गर्ने गरिएको पनि यो समस्या सोचेअनुसार न्यूनीकरण हुन सकेको छैन । स्थानीय सीताराम राना जति प्रयास गरे पनि यो समस्या समाधान गर्न मुस्किल भइरहेको बताउँछन्।

नगर क्षेत्र बाहिरबाट चौपाया ल्याएर बजारमा छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा पशु चौपायाको समस्या समाधान हुन नसकिरहेको उनले बताए। धनगढी उपमहानगरपालिकाको पहलमा छाडा पशु चौपायालाई बझाङ जिल्लाका गरिब तथा विपन्न परिवारलाई निःशुल्क रुपमा उपलब्ध गराएर व्यवस्थापन गरिने प्रयास भए पनि त्यो काम सफल हुन सकेको थिएन ।

सामुदायिक छाडा पशु व्यवस्थापन गर्ने नाममा काँडेतार बारको घेराभित्र पशु चौपाया राखेर व्यवस्थापन गर्दा धेरै पशु खाना नपाई मर्ने गरेको पशु कल्याणमा लागेकाले बताउँदै आएका छन्।

सडकमा जताततै देखिने छाडा चौपायाका कारण ट्राफिक व्यवस्थापनलाई दुरुस्त राख्नमा समेत चुनौती बढ्दै गएको देखिएको छ । कैलाली र कञ्चनपुर जिल्लाको मुख्य र सहायक सडक वरपर बढी देखिने छाडा चौपायाकै कारण सडक दुर्घटना पनि बढ्न थालेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : १२ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा