मधेस प्रदेशमा सत्तारुढ दलले धाँधली गरेको एमालेको आरोप « Khabarhub

मधेस प्रदेशमा सत्तारुढ दलले धाँधली गरेको एमालेको आरोप


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम : नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए पनि कांग्रेसलाई जिताउन मतगणनामा खटेका निर्वाचन अधिकृतहरुबाट धाँधली गरिरहेको आरोप लगाएका छन् ।

एमालेका मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहे पनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन धाँधली गरिरहेको आरोप लगाए । निर्वाचनमा नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै एमालेलाई हराउन स्थानीय निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएको उनले आरोप लगाए ।

निर्वाचन सम्बन्धी नेपालको इतिहासमै कहिले नभएको निर्णयहरु यस पटक भएको आरोप लगाउंदै उनले भने, ुसत्तारुढ गठबन्धनले एमालेलाई हराउन खसेको मतपत्रभन्दा पनि बढी मत फेला परे पनि त्यसलाई सदर गिन्ती गर्ने लगायतका निर्णय निर्वाचन आयोगबाट स्लकुलर भएको छ । यसले निर्वाचन प्रणालीलाई बदनाम गर्ने काम भएको छ ।’

मधेस प्रदेशका धनुषा, सर्लाही, रौतहट, महोत्तरी, पर्सा, सिरहा र सप्तरी सहितका अधिकांश जिल्लामा मतपेटिका भित्र बढी मतपत्र भेटिनु, सत्तारुढ गठबन्धन दलको लागि सहज रुपमा रि काउन्ट गर्नु र अन्य दलले रि काउन्ट माग गर्दा पनि नगर्नु लगायतका क्रियाकलापले देखिएको उनले बताए ।

रौतहटमा एमाले पक्षका १२ मतदान केन्द्रमा मतदान रद्द गराउनु, सर्लाहीको कडौना धनकौल, बागमती, बलरा र बरहथवामा एमाले कार्यकर्तामाथि आक्रमण गरी बुथ कब्जा गर्नु, धनुषाको धनौजी, क्षिरेश्वरनाथ र मिथिला बिहारी सहितका पालिकामा खसेको भन्दा बढी मत भेटिनु भनेको एमालेलाई हराउन सत्तारुढ गठबन्धन दलबाट धांधली भएको उनले दाबी गरे ।

सत्ताको दुरुपयोग गरी कांग्रेसले एमालेबाट धनगढी नगरपालिकाका जितिसकेको घोषणा गरेको दुई घण्टा पछि पुनः मतगणना गरि केहि मतले सो उम्मेदवार हराएर आफ्ना उम्मेदवारलाई जिताउनु, जित्न लागेका एमालेका उम्मेदवारहरुलाई १०र१० मतको मतान्तरले जबरजस्ती हराउनु लगायतका क्रियाकलाप अनुचित रहेको भन्दै मतपत्र बढी भेटिएका कारण मंगलवार बिहानैदेखि स्थगित गरिएको मतगणना सुचारु गर्न माग गरे ।

सचिव महासेठले मतदानको क्रममा मतदान केन्द्रको पोलिङ्ग एजेन्टमा खटिएकाहरुले एकरएक हजार रुपैयाँ राखेर नै मतपत्र लिने बेलामा मतदाताहरुलाई दिएको आरोप लगाए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १० : १० बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

काठमाडौँ– आज साउन २८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट

 पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु 

खोटाङ- खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,शत्रुता होइन : ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

महोत्तरी– महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते

निहारिकाको विषयमा राष्ट्रपतिको चासो, कानुनमन्त्री र महान्यायाधिवक्तासँग गरिन् छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय माग गर्दै आमरण अनशनमा