तनहुँका आठ पालिकामध्ये चार पालिकामा कांग्रेस विजयी | Khabarhub Khabarhub

तनहुँका आठ पालिकामध्ये चार पालिकामा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– स्थानीय तह निर्वाचनअन्तर्गत बुधबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका आठ पालिकामध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक पालिका जितेका छन् । भानु नगरपालिकाको मतगणना जारी छ भने व्यासको केही बेरमा सुरु हुँदैछ ।

एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष, बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, शुक्लागण्डकीको प्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, देवघाट गाउँपालिकाको उपाध्यक्ष र शुक्लागण्डकीको उपप्रमुख जितेको छ । 

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी भए । देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी भएका छन् । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी भएका छन् । शुक्लागण्डकीको नगर प्रमुखमा कृष्ण पण्डित विजयी भए ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ, शुक्लागण्डकीको उपप्रमुखमा खुमबहादुर विक विजयी भएका छन् । ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी भएका छन् ।

शुक्लागण्डकीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले जित हासिल गरेको छ । नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवारले विजय हासिल गरेका हुन् ।

नगरप्रमुखमा कांग्रेसका कृष्णराज पण्डित १२ हजार २६३ मत प्राप्त गरी निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिमिल्सिनाले नौ हजार ८४० मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादीका खुमबहादुर बिक १० हजार २६२ मत प्राप्त गरी निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका फूलमाया थापाले नौ हजार ९५७ मत प्राप्त गरेका छन् ।

३८ हजार ३१५ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा २५ हजार ९९७ मत खसेको थियो । बाह्र वडा रहेको शुक्लागण्डकीमा नेपाली कांग्रेसले नं १, २, ३, ४, ७,  नेकपा एमालेले ५, ६, ८, ९, ११, १२ र नेकपा माओवादी केन्द्रले वडा नं १० जितेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ०३ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले