बूढानीलकण्ठको प्रमुख र उपप्रमुखमा एमाले विजयी | Khabarhub Khabarhub

बूढानीलकण्ठको प्रमुख र उपप्रमुखमा एमाले विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको दिउँसो सम्पन्न मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले १४ हजार २५० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए भने एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले दुई हजार २२२ मत प्राप्त गरे  । उक्त नगरपालिकाको प्रमुखमा विभिन्न राजनीतिक दलसहित १५ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामाले १४ हजार ३१४ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार रमिला वाग्लेले ११ हजार ९७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।

कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा १३ वडा रहेका छन् । 

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : १८ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा