सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित | Khabarhub Khabarhub

सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा समेत विजय हासिल गरेको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्कमा एमालेका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ७८१ मतान्तरले पराजित गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले जितेको उक्त नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका कमल भुसाल र उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विश्वकर्मा थिए । यसपटकको निर्वाचनमा सन्धिखर्कका बहुसंख्यक वडा सहित प्रमुख र उपप्रमुख दुवै पद नेकपा एमालेले हात पारेको हो । नगरप्रमुखमा श्रेष्ठले ११ हजार ३९६ मत पाएर विजयी हुँदा उपप्रमुख पदमा मिश्रा आचार्य ९ हजार ८७५ मत पाएर विजयी बनिन् । 

गठबन्धनको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ शान्ता भण्डारीले ९ हजार ६ सय ३५ मत पाइन भने उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मतमा चित्त बुझाए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन