गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी | Khabarhub Khabarhub

गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

तीनवटै पालिकाको मेयर र अध्यक्षमा एमाले विजयी भएको छ । माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) विजयी भएको छ । अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको थियो । अहिले गठबन्धन बन्दा पनि एमाले एक्लैले जित हात पारेको हो ।

गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मत अन्तरले निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गुरुङले छ हजार ११० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली (कांग्रेस) की गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन् ।

गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीताकुमारी गुरुङ पुनः अध्यक्षका लागि लडेकी थिइन् । तर, उनी सफल हुन सकिनन् । उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल पाँच हजार ३४४ मत ल्याएर निर्वाचित भइन् ।

सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा (मोआवादी केन्द्र)का प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन् । गुरुङले पाँच हजार ४४ मत प्राप्त गरेका हुन् ।

इच्छाकामनाका सात वडामध्ये एमालेले एक्लै पाँच वडा जित्यो भने माओवादी केन्द्र र कांग्रेसले एक/एक वडा जिते । इच्छाकामनामा १२ हजार ४ मत खसेको थियो ।

वडाहरुको नतिजा यस्तो छ

इच्छाकामना गाउँपालिका-१ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका सन्तबहादुर राना मगर ९६३९० मतले निर्वाचित भए । एमालेका नन्दलाल गिरीले ६२९ मत ल्याए पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । गिरी १० मतान्तरले पराजित भए । उनी निवर्तमान वडाध्यक्ष हुन् । वडा सदस्यहरूमा सबै एमालेका उम्मेदवार निर्वाचित भए । 

इच्छाकामना–२ मा एमालेको प्यानल नै विजयी भयो । अध्यक्षमा एमालेका पन्च बहादुर चेपाङ ६८३ मत ल्याएर पुनः निर्वाचित भए । निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका प्रकाश बुढाथोकीले ५१४ ले मत प्राप्त गरे । 

इच्छाकामना–३ को अध्यक्षमा एमालेका नरबहादुर नेपाल निर्वाचित भए । नेपालले ८६० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका शरद पोखरेलले ८४९ मत प्राप्त गरेका थिए । 

इच्छाकामना–४ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा रुद्रप्रसाद उप्रेती ८५८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका होमबहादुर सिलवालले ६९८ मत प्राप्त गरे । उप्रेतीले सिलवाललाई १६० मतान्तरले पराजित गरेका हुन् ।

इच्छाकामना-५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा तेजबहादुर शेरचन ७५२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जितबहादुर थापा मगरले ३८४ र कांग्रेसका मोदराज सिलवालले २१३ मत मात्रै प्राप्त गरे ।

इच्छाकामना–६ मा पनि एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा एमालेका लक्ष्मण प्रजा ७९७ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका विराज गुरुङले ५७६ मत मात्र प्राप्त गरे ।

इच्छाकामना–७ को अध्यक्षमा गठबन्धनबाट कांग्रेसका बमबहादुर थापा मगर १२ सय ६ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका बोधबहादुर गोलेले एक हजार ९६ मत ल्याए ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ५ : ०८ बजे

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका