बरहथवामा नपाको १ र १८ वडाको मत गणना हुँदै  | Khabarhub Khabarhub

बरहथवामा नपाको १ र १८ वडाको मत गणना हुँदै 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः जेठ ३ गते मतदान सम्पन्न भएसँगै गणना सुरु भइसकेको छ ।

३ गते बेलुकीबाट वडा नम्बर १ र ४ गते बिहान देखि वडा नम्बर १८ को गणना भइरहेको छ । सर्लाही जिल्लामा अन्य पालिकामा लगभग नतिजा आइसक्दा बरहथवाको भने गणना बल्ल सुरु भएको हो । ‘१ वडाको गणना भइरहेको छ । यही प्रक्रियामा अन्य वडाको पनि गणना गर्नेछौँ’ बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जनाए । 

वडा नम्बर १ र १८ को गणना सकिए लगत्तै वडा नम्बर २ र १७ को गणना हुनेछ । मतदान अधिकृत पंगेनीको कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर १ मा १ हजार १ सय ४  मत गणना हुँदा वडा अध्यक्षका उम्मेदवारहरू तर्फ नेकपा एमालेका जयलाल सहनीले ६, नेपाली कांग्रेसका दिनेश कुमार रायमाझीले ३७, नेकपा माओवादी केन्द्रका रत्न बहादुर गिरीले ५ सय ७ र लोसपाका राकेश सहनीले ४ सय ४३ मत ल्याएका छन् । यस्तै यो वडामा नगरप्रमुख पदमा नेकपा एमालेकी कल्पना कटवाललाई २ सय ५९, नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई ७८, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ४ सय ९९, जसपाका जय प्रकाश रायलाई १३ र लोसपाका प्रमोद कुमार रौनियारलाई १ सय ९३ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई २ सय ११, नेपाली कांग्रेसकी गंगा दाहाललाई ८८ , नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ५ सय १६, जसपाका मिरा सिंह कोइरीलाई १४ मत र लोसपाकी प्रेम शिला सिंहलाई १ सय ९९ मत प्राप्त भएको छ । 

यस्तै,  वडा नम्बर १८ मा ९ सय ५५ मत गणना हुँदा नेकपा एमालेका अरविन्द कुमार यादवले २ सय ९१ मत , नेपाली कांग्रेसका नरेश रायले २ सय ५४ मत, नेकपा माओवादी केन्द्रका त्रिवेणी रायले २ सय ५४ र जसपाका राकेश कुमार यादवले १ सय ४९ मत प्राप्त गरेका छन् । यस्तै यो वडामा नगरप्रमुख पदमा नेकपा एमालेकी कल्पना कटवाललाई २ सय ९९ , नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई २ सय ३९, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई २ सय ५५, जसपाका जय प्रकाश रायलाई २ सय ४३  प्राप्त भएको छ ।

यस्तै उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई २ सय ९४, नेपाली कांग्रेसकी गंगा दाहाललाई २ सय ३७ मत, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई २ सय ४४, जसपाका मिरा सिंह कोइरीलाई १ सय ५२ मत प्राप्त भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  २ : ३४ बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार