चन्दननाथ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कठायत  बिजयी  | Khabarhub Khabarhub

चन्दननाथ नगरपालिकामा कांग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कठायत  बिजयी 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथकाे मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत मेयरमा विजयी भएका हुन् ।

कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदमबहादुर शाहीले दुई हजार तीन सय ४१ मत ल्याएर पराजित भए ।

उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । खड्काले दुई हजार आठ सय आठ मत मत प्राप्त गरेकी छन् ।
नगर उपप्रमुखका प्रतिस्पर्धी समाजवादीका भीमबहादुर थापाले एक हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार ६ सय ३३ मत प्राप्त गरे ।

कठायतले चन्दननाथ नगरपालिकामा कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै कांग्रेसको महासमिति सदस्यबाट राजीनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए । कठायतले एकीकृत समाजवादी र राप्रपासँग गठबन्धन गरेका थिए । माओवादी केन्द्र र अन्य दलहरूको लोकप्रिय मत लिएर स्वतन्त्र उम्मेदवार कठायत विजयी भएका हुन् ।

लामो समय निर्माण व्यवसायीमा लोकप्रिय काम गरेर धेरैलाई रोजगार र रोजिरोटी दिएका कठायतले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस र माओवादीको पकट मानिएको नगरपालिकामा किल्ला तोडिएको छ । यतिसम्म कि कठायतको क्षेत्र वडा नम्बर ५ मा एक सय ८५ बढी कांग्रेसका क्रियाशील सदस्य भए पनि एक सय मत क्रस हुन सकेन ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १ : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका