दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप  | Khabarhub Khabarhub

दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप 


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै माओवादीले दार्मामा क्लिनस्वीप गरेको हो ।

अध्यक्षमा माओवादीका निमबहादुर केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे ।

रामचन्द्रलाई १ हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन् । उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४४६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकी उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याएकी छन् । मल्लले १ हजार ४ सय ५२ मतले चन्दलाई पराजित गरेकी हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा वडा नं १ जितेको थियो । तर, यस पटक माओवादीले दार्मामा वडा न १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखर बहादुर खत्री, ४ मा चन्द्र बहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ३१ बजे

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय