ब्राजिलमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्ध हटे | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्ध हटे


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ । सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

स्वास्थ्य मन्त्री मार्सेलो क्युरोगाले दुई वर्ष अगाडिदेखि लागू भइरहेको स्वास्थ्य सङ्कटकाल हटाइएको स्पष्ट पारे । उनले भने, ‘हामीले इतिहासमै सबैभन्दा ठूलो खोप अभियान चलायौँ, धेरै मानिसले पूर्ण खोप लगाइसकेका छन्, त्यसैले हामीले प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएका हौँ ।’

महामारीको असर अहिले कम हुँदै गएकाले पनि अव प्रतिबन्धात्मक व्यवस्थाको आवश्यकता र औचित्य नभएको उनको भनाइ छ ।  

तर दैनिक नयाँ सङ्क्रमित र कोरोनाका कारण मृत्यु हुने क्रम भने नरोकिएको पनि उनले जानकारी दिए । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ लाख ६२ हजार ११ पुगेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ४० बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक