फिल्मको तयारीमा हमाल | Khabarhub Khabarhub

फिल्मको तयारीमा हमाल


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता अभिनेता राजेश हमाल ठूलो पर्दामा देखिएका छैनन् ।

निकै आश गरिएको फिल्म ‘बागमती’ फ्लप भएपछि उनले फिल्म गरेका छैनन् । त्यसपछि प्रदर्शनमा आएको फिल्म ‘शकुन्तला’ ले समेत उनलाई राहत दिन सकेन । त्यसयता सानो पर्दामै रमाइरहेका अभिनेता हमालले बेलाबखतमा कम्ब्याक गर्ने चर्चा हुने गरेको छ ।

टिभी शो, विज्ञापनसँगै म्युजिक भिडियोमा व्यस्त रहेका अभिनेता हमालले अभिनय गर्ने भनिएको ‘सत्यम्’ नबन्ने अवस्थामा पुगेको छ । त्यसपछि उनलाई ‘छड्के २’ पनि अफर गरिएको चर्चा छ । यद्यपि यस विषयमा दुबै पक्षले केही बोलेका छैनन् । तर , आउँदो केही दिनमै छायांकन गर्ने गरी हमालले एक फिल्मको तयारी गरिरहेको बुझिएको छ ।

अघिल्लो समयमा हल्ला मात्र भएकाले अभिनेता हमाल यसपटक फिल्मको काम नसकिएसम्म यसबारे जानकारी दिने पक्षमा छैनन् । फिल्मका लागि उनले आन्तरिक तयारी समेत थालिसकेका छन् । तर, यो जानकारी मिडियासम्म दिएका छैनन् । ‘उनले अभिनय गर्ने फिल्म यही महिना नै छायांकनमा जान्छ होला’ अभिनेता हमालसँग जोडिएका एक सदस्यले भने ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ५९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न