श्रीलंकाका अस्पतालमा औषधि र अत्यावश्यक आपूर्ति सकिँदै | Khabarhub Khabarhub

श्रीलंकाका अस्पतालमा औषधि र अत्यावश्यक आपूर्ति सकिँदै


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – देशको आर्थिक संकट बिग्रदै गएपछि श्रीलंकाभरका चिकित्सकहरुले अस्पतालमा औषधि र अत्यावश्क आपूर्ति सकिएको बताएका छन् । चाँडै अन्तर्राष्ट्रिय सहयोग नभए स्वास्थ्य विपत्ति हुने डर बढेको छ ।

‘दिनप्रति दिन सामान सकिरहेका छन् । हामी शून्य बिन्दुमा पुग्यौँ भने मलाई थाहा छैन के हुन्छ’, डा. ज्ञानसेकरमले भने । श्रीलंकाको मेडिकल विशेषज्ञहरुको संघका सचिवसमेत रहेका डा. ज्ञानसेकरमले राजधानी कोलम्बोमा रहेका कुन कुन अस्पतालमा औषधिको कमी छ भनेर सूची तयार गरेका छन् ।  ‘हामीसँग मेडिकल ड्रग्स, एनेस्थेटिक औषधि, प्रत्यारोपण, स्टिच सामग्रीको अभाव छ । हामीसँग स्टक लगभग समाप्त छ’, उनले भने ।

‘तत्काल राहत नभएसम्म स्वास्थ्य सेवाहरू ध्वस्त हुनेछन्’, उनी भन्छन् । औषधिको आपूर्ति नभए त्यसले गम्भीर परिणाम निम्त्याउने चिकित्सकहरूले चेतावनी दिएका छन् । ‘यति त्यस्तो अवस्था आयो भने हामीले बिरामीको ज्यान जोगाउन सक्नेछैनौँ ।

श्रीलंका इतिहासमै सबैभन्दा खराब आर्थिक संकटमा फसेको छ । श्रीलंकाले करिब ८५ प्रतिशत चिकित्सा आपूर्ति आयात गर्दछ । तर, विदेशी मुद्रा सञ्चिति न्यून रहेकाले अत्यावश्यक औषधिहरू अहिले पाउन कठिन छ ।

एनेस्थेटिक्समा प्रयोग गरिने एट्राकुरियम दुई महिनाको मात्र स्टक बाँकी छ । अन्य औषधिको आपूर्ति पनि कमी भइरहेको छ ।

पेनकिलर फेन्टानिलको स्कट अव दुई हप्तामा सकिँदै छ । विभिन्न तीन प्रकारका एन्टिबायोटिकहरूको स्टक पहिल्यै सकिएको छ । प्रतिस्थापन गरेर अभाव व्यवस्थापन गरेको डा. विजेसुरिया बताउँछन् ।

फ्रन्टलाइन चिकित्सकहरू धेरै कम उत्साहित छन् । अभावबारे सार्वजनिकरूपमा सञ्चार माध्यममा उनीहरू खुलेर बोल्न सक्दैनन् । युनियनका प्रतिनिधिहरू र अस्पतालका निर्देशकहरूलाई मात्र सार्वजनिक रूपमा बोल्ने अधिकार छ ।

चिकित्सकहरूले बारम्बार समस्या देखाए पनि सुरुमा श्रीलंकाको सरकारले एक विज्ञप्ति निकालेर नै औषधिहरू सकिएको अस्वीकार ग‍र्‍यो । एक दिनपछि सरकारी सूचना विभागले त्यसलाई सच्याउँदै केही औषधि र उपकरणको अभाव भएको स्वीकार गरेको थियो ।

बीबीसीका अनुसार देशभरका अस्पतालहरूलाई जीवन बचाउने औषधि र उपकरणहरूको आवश्यकता छ । आपूर्तिको कमीले उनीहरूलाई गैर–अत्यावश्यक कार्यहरू स्थगित गर्न र  केही उपकरणहरू पुनः प्रयोग गर्न बाध्य पारेको मेडिकल कर्मचारीहरूले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : १६ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै