युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै, १४ हजार २ सय सैनिक मारिएको युक्रेनी दाबी | Khabarhub Khabarhub

युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै, १४ हजार २ सय सैनिक मारिएको युक्रेनी दाबी


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका क्रममा हालसम्म १४ हजार २ सय रुसी सैनिक मारिएको युक्रेनी पक्षले दाबी गरेको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएदेखि हालसम्म अनुमानित १४ हजार २ सय रुसी सैनिक मारिएको दाबी गरेको हो ।

यद्यपि युक्रेनी पक्षको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको छ । रुसी र युक्रेनी पक्षले जारी युद्धमा मारिने लडाकुको संख्याबारे निकै फरक तथ्यांक सार्वजनिक गरेका छन् ।

गत मार्च ३ मा रुसी पक्षले सार्वजनिक गरेको तथ्यांकमा आफ्ना केबल ४९८ सैनिक मारिएको जनाएको थियो । त्यसयता रुसले हताहत सैनिकको तथ्यांकबारे कुनै जानकारी उपलब्ध गराएको छैन ।

यहीक्रममा बिहीबारमात्रै अमेरिकी अधिकारीले युक्रेनमा जारी आक्रमणका क्रममा ७ हजार भन्दा धेरै रुसी सैनिक मारिएको बताएको बीबीसीले जनाएको छ । ती अधिकारीको अनुमान अनुसार युद्धमा अरु १४ हजार रुसी सैनिक घाइते भएका छन् ।

युक्रेनी रक्षा मन्त्रालयले युद्धका क्रममा १४ हजार २ सय रुसी फौज मारिनुका साथै ४५० ट्याङ्क, ९३ लडाकु विमान, ११२ हेलिकोप्टर र ४३ हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।

(बीबीसीबाट)

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : ०५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न