सीसीएमसीले समन्वय गरेन – मेयर शाक्य | Khabarhub Khabarhub

सीसीएमसीले समन्वय गरेन – मेयर शाक्य


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईंमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्थानीय सरकारसँग सहकार्य र समन्वय नगरेको गुनासो गरेका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २३ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीसीएमसीसँग यस्तो गुनासो गरेका हुन् ।

‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले भने, ‘अहिले काठमाडौं कोरोनाको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।’

उनले त्यसबारे गृहमन्त्रीलाई समेत जानकारी गराएको स्मरण गराए ।

‘मैले गृहमन्त्रीज्यूलाई संघीय सरकारले हामीलाई उपेक्षा गरेको हो कि भन्ने विषयमा जानकारी गराएको छु,’ उनले भने, ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो भनेको स्थानीय सरकार हो । त्यसैले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिन्छ ।’

प्रमुख शाक्यले महानगरपालिकाले अघिल्लोपटक निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गरेको र यो पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको बताए । ‘हामीले त्यसका लागि गृहमन्त्रीज्यू, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,’ उनले भने । उनले भने, ‘अहिले मुख्य गरेर काठमाडौँ उपत्यका ओमिक्रोनका रुपमा कोरोनाको तेस्रो लहरले बढी प्रभावित छ । घना बस्ती भएको ठाउँ भएका कारण यहाँका बासिन्दा स्वाभाविक रुपमा बढी प्रभावित छन् । सबैलाई सतर्क रहन पनि म अपिल गर्छु ।’

मेयर शाक्यले प्रदेश, स्थानीय र केन्द्र सरकारले पटक–पटक सतर्क रहन अपिल गरेपनि आम मानिसले भने कोरोना केही होइन भन्दै अलि बढी नै लापरवाही गरेको जस्तो देखिएको बताए

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ११ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे