छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- आज दिनभर सत्तागठबन्धनको कार्यदल बैठक निष्कर्ष विहिन, नागकिता विधेयक भोलि पारित गर्ने तयारी, माओवादीले भोलि पदाधिकारी चयन गर्ने, गठबन्धनमा सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने समाजवादीको माग, जबराविरुद्धको महाभियोग छानबिन समितिले सुरु गर्यो कारबाही, दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु लगायतका समाचारहरूले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

सत्तागठबन्धनको कार्यदल बैठक निष्कर्ष विहिन
आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने भएको छ ।

बालुवाटारमा आज बसेको बैठकले सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल गर्दै अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने निर्णय गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

उनले कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगेको धारणा राखे । चूनावी तालमेलको बिषय सकारात्मक दिशामा अघि बढिरहेको उनको भनाई छ ।

नागकिता विधेयक भोलि पारित गर्ने तयारी 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको भोलि बस्ने सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै भोलिको बैठकमा राष्ट्रिय महिला आयोगको चौधौँ बार्षिक प्रतिवेदन २०७७ २०७८ पेश गर्ने कार्यसुची पनि रहेको छ ।

माओवादीले भोलि पदाधिकारी चयन गर्ने
नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ ।

पार्टी कार्यालय कोटेश्वरको पेरिसडाडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी संगठनको बारेमा छलफल गर्दै पदाधिकारी चयनको नजिक पुगेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिएका छन । उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी चयनको निर्णय गर्ने बताए ।

बैठकमा केन्द्रीय कमिटी, पोलिट्व्युरो र स्थायी कमिटीलाई पूर्णता दिने बिषयमा छलफल भएको र बिहीबार नै अन्तिम टुङ्गो लाग्ने प्रवक्ता महराले उल्लेख गरे ।

नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनले घमण्ड देखाएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताएका छन ।

काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता बिधेयक संसदले एकपटक बिचार गरोस भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरको र घमण्डीपन देखाएको बताए । यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उनले बताए ।

संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राखे । ओलीले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान–परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको बताए ।

जबराविरुद्धको महाभियोग छानबिन समितिले सुरु गर्यो कारबाही
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छानविन गर्न गठन भएको महाभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले छानविनका लागि कार्यबिधि र कार्यतालिका बनाउने निर्णय गरेको हो । अर्को बैठकमा समितिको कार्यबिधि र कार्यतालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्यहरुले महाभियोग प्रक्रिया छिटो भन्दा छिटो टुंग्याउनुपर्ने धारणा राखेका थिए । एमालेका सांसद कृष्णभक्त पोखरेलले १ महिनाभित्रमा नै टुंगोमा पुग्ने गरि काम गर्नुपर्ने बताए । उनले महाभियोगका बिषयमा एमाले तटस्थ रहेको दावी गरे ।

त्यस्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव र अरु दस्तावेजमाथि अध्ययन गरेर छलफललाई तिब्रता दिनुपर्ने धारणा राखे । उनले एक महिनापछि चुनावमा केन्द्रित हुनुपर्ने भएकाले छोटोमा काम सक्ने गरी कार्यविधि बनाउनुपर्ने सुझाव दिए ।

त्यस्तै माओवादी सांसद यशोदा गुरुङ सुवेदीले समितिमा कुनै विवाद नगरि समयमा नै निष्पक्ष छानविन गर्नुपर्ने बताए ।

गठबन्धनमा सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने समाजवादीको माग
नेकपा एकीकृत समाजवादीले अगाामी निर्वाचनमा सम्मानजनक ढंगले सिटको बाँडफाँटका लागि गठबन्धनको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा आज बसेको समाजवादीको सचिवायलय बैठकले गठबन्धनकोबीचमा सिटको बाँडफाँटका बारेमा छलफल चलिरहेको भन्दै सम्मानजनक सिटको बाँडफाँटका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले माओवादी केन्द्र र समाजवादीबीच समिति बनाएर एकता गर्नका लागि गृहकार्य गर्ने निर्णय गरेको छ । भने आगामी निर्वाचनका लागि उम्मेद्वार छनौटको मापदण्ड र टिकट बितरणको निर्णय प्रक्रिया टुङ्गो लगाएतको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए । बैठकले केहि केन्द्रीय सदस्यहरुको कार्यबिभाजन गरेको उनले बताए ।
विद्युत् प्राधिकरणको नाफा अझै बढ्ने घिसिङको दाबी
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन । काठमाण्डौमा आज प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन ।

उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले बिजुली निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले बिजुली व्यापार गर्न सफल भएको उनको भनाई छ ।

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । जी

पमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान हुन भने बाँकी रहेको छ । घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा आज दिउँसो दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको थियो ।

थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोदेशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परिक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ पिसिआर परिक्षणका क्रममा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै थप ३ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : २९ बजे

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको