‘बर एन्ड बधू’ को प्रदर्शन मिति तय | Khabarhub Khabarhub

 ‘बर एन्ड बधू’ को प्रदर्शन मिति तय


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिलन चाम्सको निर्देशनमा तयार भैरहेको फिल्म ‘बर एन्ड बधू’ को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा फिल्मको छायांकन सकेर नेपाल आएलगत्तै यसको निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

निर्देशक चाम्सले दिएको जानकारीअनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आउँदो १९ फागुनबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए ।

यो फिल्ममा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । रोमानियामा छायांकनका केही तस्बिरसमेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म तयार भएको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । फिल्ममा जानुका थापाको लगानी छ ।

भदौ र असोजपछि नेपाली फिल्मका निर्माताको आँखा फागुन महिनामा बढी देखिएको छ । मंसिरको निर्वाचन र त्यसलगत्तै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैतलाई टार्गेट गरिरहेका छन् ।

रोमान्टिक फिल्ममा मिलन चाम्सले आफ्नो छुट्टै छाप छाडिसकेकाले पनि यो फिल्म दर्शकका लागि प्रतीक्षामा रहने निश्चित छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : १९ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को