दिनभर आज : संसद खुल्यो, गाडी भाडा बढ्यो, नेपाल हार्‍यो | Khabarhub Khabarhub

दिनभर आज : संसद खुल्यो, गाडी भाडा बढ्यो, नेपाल हार्‍यो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३७१ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेस १६८ पालिकामा विजयी
गत बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म ३६६ पालिका प्रमुखको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी प्रमुख पदमा नेपाली कांग्रेसले १६८ पालिकामा जित हासिल गरेको छ भने नेकपा एमाले १०७ स्थानमा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रले ७८, नेकपा एकीकृत समाजवादीले ५ र जनता समाजवादी पार्टीले ४ स्थान जित हासिल गरेका छन् । स्वतन्त्रसहित अन्य दलले ९ पालिकामा जित हासिल गरेका छन् ।

५ महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता
स्थानीय तहको निर्वाचन अन्तर्गत जारी मतगणनामा ६ महानगरपालिका मध्ये ५ महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ललितपुर, भरतपुर, पोखरा, वीरगन्ज र विराटनगर महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका हुन् । काठमाडौंमा भने स्वतन्त्र उम्मेदवार नै अगाडी छन् ।

काठमाडौं महानगरमा बालेन अगाडि
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १२ हजार ८७७ मत ल्याउदा उहाका प्रतिद्वन्दी केशव स्थापितले ६ हजार ८७८ मत पाएका छन् । एमाले र गठबन्धन उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा चलिरहेको छ ।

भरतपुर महानगरमा रेनु दाहालको अग्रता
भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार माओवादी नेतृ रेनु दाहालले अग्रता कायमै राखेकी छन् । पछिल्लो मतपरिणाम अनुसार ३७३ मतान्तरले रेनु अगाडी छिन् । हालसम्म गणना भएको मत परिणाम अनुसार रेनुले ७ हजार ४७१ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ७ हजार ९८ मत पाएका छन् ।

ललितपुरमा चिरिबाबु अगाडि
ललितपुरमा गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जनले ८ हजार ५३४ मतसहित अग्रता कायमै राखेका छन् । एमालेका उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले ३ हजार ७८५ मत पाएका छन् ।

बिराटनगर नागेश कोइरालाको १० हजार ३६३ मत
बिराटनगरमा पनि गठबन्धनका उम्मेदवार नागेश कोइराला १० हजार ३६३ मत सहित अग्रस्थानमा रहदा एमालेका उम्मेदवार सागर थापा ७ हजार ८८२ मतसहित पछ्याइरहेका छन् ।

विरगंजमा राजेशमान सिंह दोव्वर मतले अगाडि
वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायमै राखेका छन् । सिंहले ९ हजार ५०० मतसहित अग्रता कायमै राखेका हुन् । उनलाई एमालेका विजयकुमार सरावगीले ४ हजार २९० मतसहित पछ्याइरहेका छन् ।

पोखरामा एकीकृत समाजवादीका आचार्य १७ सय बढि मतले अगाडि
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पु¥याएका छन् । २८ हजार १६० मत गणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका छन् ।

त्यस्तै एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् । मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद खरलले १२७१, स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६६९ मत पाएका छन् ।

मध्यपुर थिमीमा नेमकिपाले खोल्यो खाता
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा खाता खोलेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा उक्त पार्टीका वडा अध्यक्षका उम्मेदवार रमेश थापा श्रेष्ठ विजयी भएका छन् ।

उनका साथै उनको पार्टीबाट अन्य तीन जना सदस्य पनि विजयी भएका छन् । एक जना सदस्य भने नेपाली कांग्रेसबाट विजयी भएका छन् । अघिल्लो स्थानीय निकायको निर्वाचनमा पनि उक्त पार्टीले सो वडामा वडा अध्यक्षसहित जितेको थियो ।

झलनाथको क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले विजयी
नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार जीत बहादुर राईलाई पराजित गर्दै एमालेका उम्मेदवार कुशबहादुर थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धन दलहरूको तर्फबाट माइजोगमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका जीत बहादुर राई उम्मेदवार बनेका थिए ।

कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेकी इङ्गनाम निर्वाचित
मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् । एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गरिन् ।

राजमतिले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी भएकी छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएको निर्वाचन अधिकृत गणेश नायकले बताए ।

अन्तरप्रदेश भाडा ३.५ प्रतिशतले बढ्यो
इन्धनको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा ३.५ प्रतिशत भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि लागू हुने गरी यात्रुवाहकमा ३.५ प्रतिशत, पहाडी बाटोमा चल्ने (मालवाहक)मा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडादर वृद्धि गरेको हो ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरिएको छ ।

पछिल्लो समायोजनमा आधार लिइएको मूल्यभन्दा १०.८६ प्रतिशत पुगेकाले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने यातयातको भाडादर स्वचालित प्रणालीअनुसार समायोजन गरेको विभागले जनाएको छ ।

उपभोक्ता संरक्षण महासंघद्धारा मुल्यवृद्धि फिर्ता गर्न माग
नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो ।

महासंघले आयल निगमले थप हुने मुल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको प्रस्ताव छलफलका लागि पेश भएको छ । आज बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दै मन्त्री शर्माले आगामी बजेट सन्तुलित र समावेशी हुने बताए ।

आर्थिक विकास ५ दशमलव ८४ प्रतिशत हासिल हुने भन्दै उनले उत्पादनशील क्षेत्रमा लगानी गरी तीव्र आर्थिक विकास गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले सङ्घीय शासन प्रणालीको आधारभूत मूल्य र मान्यता परिधिभित्र रही सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा स्थानीय तहलाई थप जिम्मेवार र प्रभावकारी बनाइने उल्लेख गरे ।

प्रतिनिधिसभा अवरोध हट्यो
यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्को अवरोध हटाएको छ । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अविधेशनबाट एमाले सदनको अवरोध हटाएको हो ।

बैठकमा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अबदेखि सदन अवरोध नगर्ने र विरोधको स्वरुपलाई परिवर्तन गर्ने बताए । उनले मुलुकको अर्थतन्त्र सङ्कटमा रहेको र यसबारे संसद्मा छलफल हुनुपर्ने भएकाले पनि संसद् अवरोध अन्त्य गर्ने निर्णयमा पुगेको बताए ।

सांसदहरुको प्रतिक्रिया
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले गठबन्धनलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल हुने बताएका छन् । आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले अहिलेसम्म जे उदेश्यका लागि गठबन्धन बनेको हो, त्यो पूर्ति हुदै गएको भन्दै यसलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने बिषयमा छलफल हुने बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताए । यद्दपी निर्वाचन प्रक्रिया जारी रहेकोले अहिले निचोडमा पुग्ने बेला नभएको उनको भनाई छ । त्यस्तै संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको टिप्पणी गरे ।

संसदीय सुनुवाई समितिद्धारा दुई राजदुतको नाम अनुमोदन
संघीय संसदको संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेपाल दोस्रो खेलमा एक विकेटले पराजित
युगाण्डाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला राष्ट्रिय टोली पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपाली महिला टोली एक विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १० : ०८ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९