हुम्ला सर्केगाडको अध्यक्षमा कांग्रेसका रोकाया विजयी | Khabarhub Khabarhub

हुम्ला सर्केगाडको अध्यक्षमा कांग्रेसका रोकाया विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– दुई दलीय गठबन्धन रहेको हुम्लाको मध्या क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् । नेपाली कांग्रेसबाट गठबन्धनको सहयोग पाएका रोकाया ३ हजार ५४३ मत ल्याएर अध्यक्षमा विजयी भएकोमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए ।

उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्र सिंह कार्की ३ हजार २८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी जुनकुरा कार्कीले १ हजार ६५ मत ल्याएका सर्केगाड गाउँपालिका निर्वाचन अधिकृत छत्र बहादुर शाहीले बताए  ।

जिल्लाको मध्या भेगमा रहेको सर्केगाडमा आठ वडा रहेका छन् । जसमा वडा नम्बर २ मा माओवादी केन्द्रका मावल कार्की र वडा नम्बर ६ मा नेकपा एमाले पदमबहादुर शाही एमालेबाट विजयी भएका छन् । वडा नम्बर ८ मा माओवादी केन्द्रका रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा माधनमल छन्त्याल नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै कांग्रेसबाट वडा नम्बर ७ मा बल खत्री र वडा ५ मा मादलबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ३ मा भने स्वतन्त्र उम्मेदवार अलिक कार्की निर्वाचित भएका छन् । उनी कांग्रेसका बागी हुन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ४५ बजे

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा