मकवानपुरको राक्सिराङमा कांग्रेसका मल्ल विजयी | Khabarhub Khabarhub

मकवानपुरको राक्सिराङमा कांग्रेसका मल्ल विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन् । 

जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी भएका हुन् । 

मल्लले आफ्नो निकटतम् प्रतिस्पर्धीलाई ९०९ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मल्ल नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भएका छन् । उनले ४ हजार ८३९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : ३९ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न