प्रि बजेटमाथिको छलफल जेठ ५ गते | Khabarhub Khabarhub

प्रि बजेटमाथिको छलफल जेठ ५ गते


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल यही जेठ ५ गतेका लागि निर्धारण गरिएको छ । 

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । 

उनले सो प्रस्ताव पेस गर्दै विनियोजन विधेयक, २०७९ मा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण, सन्तुलित र समावेशी आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र निर्माण, विनियोजन कुशलता र मितव्ययितालगायत सिद्धान्त र प्राथमिकता रहेको उल्लेख गरे ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्तावमाथि छलफल गर्न जेठ ५ गतेको समय निर्धारण गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ५ गते दिउँसो १ बजे बस्ने छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : २२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन