जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित | Khabarhub Khabarhub

जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार वेदबहादुर शाही र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित शाहीले तीन हजार चार सय ४४ मत र उपाध्यक्षमा निर्वाचित शाहीले तीन हजार तीन सय २७ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवा आचार्यले तीन हजार ८८ मत र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अम्बाकुमारी शाहले दुई हजार सात सय ४६ मत प्राप्त गरेका छन् ।

शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बाकुमारी शाह ०७४ सालको स्थानीय तहमा समेत उपाध्यक्षमा पराजित भएकी थिइन् ।

जुनीचाँदेका ११ वडामध्ये एमालेले तीन, कांग्रेस दुई र नेकपा माओवादी केन्द्रले ६ वडा जितेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ५४ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु