कौडेनामा कांग्रेसका रूपेश निर्वाचित | Khabarhub Khabarhub

कौडेनामा कांग्रेसका रूपेश निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा रूपेश कुमार र उपाध्यक्षमा नगिना देवी विजयी भएकी हुन् । गाउँपालिका अध्यक्षको लागि रुपेशले ५ हजार २ सय ८१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्दी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत मात्र प्राप्त गरे । यसैगरी अध्यक्ष पदमै लोसपाका रामप्रसाद राय यादवले २ हजार ६५, जनमत पार्टीकी सावित्री धितालले ७ सय ६८, नेकपा माओवादी केन्द्रका महादेव शाहले ७ सय १८ मत प्राप्त गरे । 

गाउँपालिकाकै मेयर उपमेयरमा नेपाली कांग्रेसकी नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गरिन् । उनकी निकटम् प्रतिद्वन्दी जसपाकी पलवी देवी यादवले २ हजार ६ सय ६२ मत मात्र ल्याइन् । गाउँपालिका अध्यक्ष उपाध्यक्षकै लागि लोसपाकी बिन्दु कुमारी यादवले २ हजार १ सय ४४, नेकपा एमालेका सुनिता देवी रायले ७ सय ६ ल्याएका छन् । 

यस्तै, कौडेना गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेश पटेल विजयी भएका छन् । राजेशले ६ सय ८२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी जसपाका राम एकवाल महतोले ५ सय ५७ मत प्राप्त गरे । वडा नं.२ मा नेपाली कांग्रेसका राम दरेश ठाकुर निर्वाचित भएका छन् । रामले १ हजार १५  मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका राम ध्यान रायले ५ सय ३९ मत मात्र प्राप्त गरे । 

वडा नं. ३ मा जसपाका पचूँ चौधरी कल्वार निर्वाचित भए । पचूँले ७ सय मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका प्रभु चौधरीले ६ सय ११ मत प्राप्त गरे । वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार राम विश्वास राय विजयी भए । रामले १ हजार २ सय ५५ मत ल्याउँदा लोसपाका रौशन कुमार राय यादवले ३ सय ५२ मत पाए । त्यसैगरी वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेसकी अनिशा खातुन निर्वाचित भएकी छिन् । अनिशाले ४ सय ४४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका रामबाबु राय यादवले ३ सय ८९ मत मात्र प्राप्त गरे । वडा नं.६ मा नेकपा माओवादी केन्द्रका राम उमेश राय निर्वाचित भएका छन् । राम उमेशले ४ सय ५५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी लोसपाका किशोरी राय यादवले ३ सय १ मत मात्र पाएका छन् ।

त्यस्तै वडा नं. ७ मा राप्रपाका उम्मेदवार विजय कुमार यादव निर्वाचित भए । विजयले ५ सय ९५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका मिश्री राय यादवले २ सय ९२ मत मात्र प्राप्त गरे ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : २६ बजे

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मछिन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्