भिमादको मेयर उपमेयरमा एमालेको जित | Khabarhub Khabarhub

भिमादको मेयर उपमेयरमा एमालेको जित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन् । सुवेदीले आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी शारदा खनाल दोहोरिएकी छन् । उनी ४६२ मतान्तरले विजयी भएकी हुन् । खनालले सात हजार ६६७ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत ल्याउदै पराजित भए ।

भिमादमा २४ हजार ८८४ मतदाता रहेको १६ हजार १४९ मत खसेको थियो । यस्तै, वडातर्फ २, ३, ७, ८ र ९ मा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ ।

वडा नम्बर १ मा दिपक आले, २ मा दिनेशकुमार थापा, ३ मा पदम सेन ठकुरी, ४ मा रामकृष्ण राना, ५ मा पदमबहादुर थापा, ६ मा श्याम जोशी, ७ मा प्रकाश श्रेष्ठ, ८ मा अणबहादुर शाही र ९ मा रनबहादुर थापा विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन