भक्तपुरमा खाता  खोल्यो  राप्रपाले | Khabarhub Khabarhub

भक्तपुरमा खाता  खोल्यो  राप्रपाले


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राष्टिय प्रजातन्त्र पार्टीले भक्तपुरमा खाता खोलेको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्षमा जितेको छ । सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन् ।

यो वडामा अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ । सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन्  । लामाले एक हजार ४११ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए ।

सो वडामा २०७४ को निर्वाचनमा राप्रपाबाट लामा नै उम्मेदवार थिए । तर, उनलाई एमालेका सन्तबहादुर वाइवाले हराएका थिए । सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई सहयोग गरेको थियो । जिल्लामा भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिका छन् ।

भक्तपुर र सूर्यविनायकमा १०/१०  र मध्यपुर थिमि र चाँंगुनारायणमा नौ/नौ गरी यहाँ कुल ३८ वटा वडाहरू छन् । २०७४ सालको निर्वाचनमा राप्रपाले एउटा पनि वडामा जित्न सकेको थिएन ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : ०२ बजे

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या