खानीखोला-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी | Khabarhub Khabarhub

खानीखोला-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – जिल्लाको खानीखोला गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार बुद्धिबहादुर स्याङ्तान प्यानलसहित विजयी भएका छन् ।

उनले ५ सय ३३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा प्रसाद तिमिल्सेनाले ४ सय २४ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका उम्मेदवार तिलकबहादुर स्याङतानले ५ मत मात्र प्राप्त गरे ।

वडा सदस्यहरूमा पनि माओवादी केन्द्रबाटै विजयी भएका छन् । खुल्ला सदस्यतर्फ पदमराज बलले ५ सय २ र पदम बहादुर स्याङतानले ४ सय ९७ मत ल्याएर जिते । महिला सदस्यतर्फ विन्दा आचार्य ५ सय ११ र दलित महिला सदस्यतर्फ पार्वती विक ५ सय ९ मत ल्याउँदै विजयी भइन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ११ : ०६ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा