स्थानीय तह निर्वाचन : सर्लाहीको बरहथवा–१७ मा मतदान जारी  « Khabarhub

स्थानीय तह निर्वाचन : सर्लाहीको बरहथवा–१७ मा मतदान जारी 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सर्लाही – गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान ७ बजे देखी ५ बजे सम्म मतदानको तालिका सार्वजनिक गरेको थियो ।

बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले पुनः चलिरहेको जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलकाअनुसार गत शुक्रवार बरहथवा नगरपालिका–१७, को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा विवाद भए पछि साँझसम्म जम्मा ३७२ मतमात्र खसेको थियो ।

गत ३० वैशाख शुक्रबार मतदान सुरु भएलगतै जनता समाजवादी पार्टी (जसपा)पक्षले आफू पक्षीय मतदातालाई बिहानै मतदान गराएको र मध्यान्हबाट अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले पुनः मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए ।

सोही उजुरीको आधारमा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत दुई वटा मतदान केन्द्रमा जम्मा एक हजार ९५४ मतदाता छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १० : ४५ बजे

नेप्से ४१ अङ्कले वृद्धि, लगानीकर्ता उत्साहित 

काठमाडौँ- सेयर बजारमा बुधबार सकारात्मक माहाेल देखिएकाे छ । नेप्से

प्रदेश १ : विनियोजन विधेयकमाथि छलफल सकियो

विराटनगर- विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ

कपिलले मागे श्रीमतीसँग माफी

काठमाडौँ- कपिल शर्मा शो अहिले बन्द छ । किनकि कपिल

वन्यजन्तुको आक्रमण: काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज

अटो र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते 

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा