इलामले पायो लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष | Khabarhub Khabarhub

इलामले पायो लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको रोङ गाउँपालिकामा लोपोन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह कार्यान्वयनपछि लेप्चा समुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । राज्य पुन:संरचनाको क्रममा रोङ लेप्चा भाषाबाट राखिएको पालिकाको नाम हो । राजकुमार लेप्चा त्यही पालिकाको वडा नम्बर ४ बाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

लेप्चा समुदायबाट पहिलो संविधानसभामा दुई जनाले प्रतिनिधित्व गरेका थिए । सकुन्तला लेप्चा र टिकाराम सुब्बा लेप्चा संविधानसभा सदस्य भएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकामा वीरबहादुर लेप्चा कार्यपालिका सदस्य निर्वाचित भएका थिए । जिल्लाको विभिन्न पालिकामा गरेर पाँच जना वडा सदस्यमा निर्वाचित भएका थिए ।

रोङ गाउँपालिका–४ मा निर्वाचित राजकुमार लेप्चाले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका लेप्चाले ४१० मत ल्याउँदा उनका निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य राईले ३४१ मत पाएका थिए ।

अन्य वडा सदस्यहरुमा एमालेका हर्कबहादुर राईले ३५३ मत, दलित महिला एमालेकै बालकुमारी विश्वकर्माले ३९७ मतसहित विजयी भएका छन् भने एक जना महिला सदस्य एमालेकै मिना देवी तामाङ यसअघि नै  निर्विरोध भएकी थिइन् ।

यसैबीच रोङ गाउँपालिकाको ३ मा नेपाली काग्रेसका मात्रिका बराल विजयी भएका छन् । उनले ८८५ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका दिलिप राईले ८६५ मत पाएका छन् । बराल यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए । वडाध्यक्षबाहेक सबै सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा प्रेमराज गुरुङ र लिला राउत, इन्दिरा देवी विश्वकर्मा, अमृत भुजेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १० : ०० बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई