'कान्स फिल्म फेस्टिभल' आजदेखि, पहिलोपटक नेपाली फिल्म सहभागी | Khabarhub Khabarhub

‘कान्स फिल्म फेस्टिभल’ आजदेखि, पहिलोपटक नेपाली फिल्म सहभागी



काठमाडौँ – कोरोना महामारीको कारण अघिल्ला दुई वर्ष हुन नसकेको संसारकै पुरानो मानिने कान्स फिल्म फेस्टिभल आज (मंगलबार)देखि फ्रान्समा सुरु हुँदैछ ।

फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरुपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ । ७५ औँ कान्स फ्रेन्च रिभेरियामा आयोजना भएको हो ।

कान्स आयोजकले रुसी फिल्म र प्रतिनिधिलाई रोक लगाएका छन् । यद्यपी, केही युक्रेनी निर्देशकले बनाएका फिल्म चाहिँ प्रदर्शन हुनेछन् । जसमा सर्जेइ लोजनिताको डकुमेन्ट्री ‘द न्याचुरल हिस्ट्री अफ डिस्ट्रक्सन’ समेत छ ।

गत अप्रिलमा रुसी हमलाबाट मरिपोलमा मारिएका लिथुआनियन निर्देशक मन्तस केर्भेडार्सियसले आफू मारिनुअघि खिचेका फुटेजलाई यसमा समावेश गरिएको छ । टम क्रुज स्टारर ‘टप गन : माभेरिक’ हलभन्दा पहिल्यै कान्समा स्क्रिनिङ हुनेछ । अभिनेता क्रुज रेडकार्पेटमा देखिनेछन् ।

वार्नर ब्रोजले अस्टिन बटलर र टम ह्यांक्स स्टारर फिल्म ‘एल्भिस’लाई प्रदर्शनसमेत गर्नेछ । निर्देशक जर्ज मिलरको नयाँ फिल्म ‘थ्री थाउजन्ड इयर्स अफ लङ्गिङ’ स्क्रिनिङ हुनेछन् जसमा एड्रिस अल्बा र टिल्डा स्विल्टनजस्ता स्टार पनि हुनेछन् । यसपटक कान्सले स्ट्रिमिङ सर्भिसका फिल्मलाई प्रतिस्पर्धामा भाग लिन दिएको छैन ।

यसपटक फ्रान्सेली अभिनेता भिन्सेन्ट लिन्डन मुख्य जुरी छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणसमेत देख्न सकिनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ४२ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना