निस्दीमा एमालेका मुक्तबहादुर पुनः निर्वाचित | Khabarhub Khabarhub

निस्दीमा एमालेका मुक्तबहादुर पुनः निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार मुक्तबहादुर सारुले छ हजार ६५२ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द अर्यालले तीन हजार ४६६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा एमालेकै तीरणकुमारी श्रेष्ठ छ हजार ६०९ मत प्राप्त गरी निर्वाचित भए। यहाँका सातवटा वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ ।

वडा नं १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी हुनुभएको छ । कूल १५ हजार ८५ मतदाता रहेको निस्दीमा १० हजार ५१५ मत खसेको थियो ।

यसभन्दा अघि पाल्पामा पूर्वखोला, तिनाउँ, माथागढी गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । १० पालिका रहेको जिल्लामा अन्य पालिकाको मत गणना जारी छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : १६ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार