अहिलेसम्म १०९ कांग्रेस, ६४ एमाले, ५१ स्थानमा माओवादी विजयी : कसको अग्रता कति ? | Khabarhub Khabarhub

अहिलेसम्म १०९ कांग्रेस, ६४ एमाले, ५१ स्थानमा माओवादी विजयी : कसको अग्रता कति ?


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँमा विजयी हुँदै पहिलो दल बनेको छ। देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दल बनेको हो।

कांग्रेसले १०९ स्थानमा प्रमुख र उपप्रमुख जितेको छ भने एमालेले ६४ पालिकामा जित हात पारेको छ। नेकपा (माओवादी केन्द्र) भने ५१ ठाउँमा विजयी भएको छ।

सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीलगायत साना दललेसमेत केही ठाउँमा जित निकालेका छन्।

१०९ ठाउँमा विजयी हुँदा कांग्रेसले दुई सय ५ ठाउँमा अग्रता लिएको छ। एमालेले ६४ स्थानमा विजयी हुँदा १२२ ठाउँमा अग्रता लिएको छ। माओवादी केन्द्र ५१ ठाउँमा विजयी हुँदा ६४ ठाउँमा अग्रता लिइराखेको छ।

एकीकृत समाजवादीले ४ ठाउँमा विजयी हुँदा १८ ठाउँमा अग्रता लिएको छ। जनता समाजवादीले २ ठाउँमा जित निकाल्दा २७ ठाउँमा अग्रता लिएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुख पदमा ११ ठाउँमा अग्रता लिए पनि विजयी हुन सकेको छैन।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : ०२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०