सशस्त्रका डीआईजी अर्याल एआईजीमा बढुवा सिफारिस | Khabarhub Khabarhub

सशस्त्रका डीआईजी अर्याल एआईजीमा बढुवा सिफारिस


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार गृहमन्त्रालयमा बसेकोे बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवाका लागि चार डीआईजीले योग्यताका प्रमाणपत्र पेश गरेका थिए । जसमध्ये वरियताको एक नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको हो ।

बढुवाका लागि डीआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालले पनि प्रमाणपत्र पेश गरेका थिए ।

एआईजीमा बढुवा सिफारिस भएका अर्याल सशस्त्रको भावी आईजीपी बन्ने पनि निश्चित छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : ३१ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र