उपन्यास 'उलार' अब रंगमञ्चमा | Khabarhub Khabarhub

उपन्यास ‘उलार’ अब रंगमञ्चमा


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयनराज पाण्डेको लोकप्रिय उपन्यास ‘उलार’ अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ।

गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा मञ्चन गर्न लागेको नाटकमा सरिता गिरी, सबीर चुरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईलगायत कलाकार मुख्य भूमिकामा देखिने छन् । यही वैशाख ६ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने नाटक चे शंकरको परिकल्पना तथा निर्देशनमा प्रस्तुत हुन लागेको हो ।

२५ वर्षअघि प्रकाशित उलार नेपालगञ्जको परिवेशमा बुनिएको उलार सीमान्त तहका जनताको संघर्षको कथा हो ।

नयनराज पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको उलारको कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा सान्दर्भिक रहेको निर्देशक चे शंकरको भनाइ छ । दर्जन बढी नाटक निर्देशन गरेका चे शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एन्ड स्कुल ब्वायलगायत नाटक मञ्चन भइसकेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : ५३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०