कलाकारलाई लोकबाजा प्रशिक्षण | Khabarhub Khabarhub

कलाकारलाई लोकबाजा प्रशिक्षण


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेशका युवा कलाकारहरुलाई मौलिक लोकबाजा प्रशिक्षण दिएको छ । प्रतिष्ठानले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दुई साता सात लोकबाजाबारे प्रशिक्षण दिएको हो ।

आयोजकका अनुसार झण्डै १ सय ३५ युवाले लिम्बु जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारंगी बाजाबारे प्रशिक्षण लिएका थिए ।

युवाहरुलाई च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमा दीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्ना डम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारंगीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिएका थिए ।

प्रतिष्ठानले लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापति खलसँग स्थानीय व्यवस्थापनका लागि सहकार्य गरेको थियो ।

प्रतिष्ठानका संगीत विभाग प्रमुख प्राज्ञ अशोककुमार राईले संगीत संयोजनबारे जानकारी, सामूहिक बादन विधि तथा अभ्यास, व्यावसायिक वाद्यवादक बन्न हुनुपर्ने पूर्वाधार ज्ञान, अन्य बाजाहरुसँग समिश्रण गर्ने अभ्यास तथा प्रदर्शन, आधुनिक प्रविधि तथा रेकर्डिङबारे जानकारी दिइएको बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  २ : ४१ बजे

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको