वीर अस्पतालमा ७६ जना स्वास्थ्यकर्मी संक्रमित | Khabarhub Khabarhub

वीर अस्पतालमा ७६ जना स्वास्थ्यकर्मी संक्रमित

कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मीमा संक्रमण बढ्दो



काठमाडौँ– नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ ।

कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि उपचारमा प्रभाव परेको छैन ।

उपचारमा कुनै कमी नहोस् भनेर स्वास्थ तथा जनसंख्या मन्त्रालयको समन्वयनमा करार अवधि तीन महिना थपिएको उनले खबरहबसँगको कुराकानीमा बताए । जसले गर्दा उपचारमा कमी नआउने उनको दाबी छ ।

यस्तै, वीर अस्पतालमा कोरोना संक्रमणको जानकारी दिनका लागि २४ घण्टा खुला रहने टोल फ्रि नम्बर पनि सुचारु गरिएको छ । पैसा नलाग्ने नम्बर ११३३ मा फोन गरेर सम्पूर्ण कोरोनाको उपचारको बारेमा जानकारी पाउँने उपनिर्देशक श्रेष्ठले बताए ।

‘यदि कोरोना संक्रमण भएर घरमा होम आइसोलेशन बस्ने ठाउँ छैन भने वीर अस्पतालमा आउँनुस हामी उपचार गछौं,’ उनले भने । पहिलो र दोस्रो लहरमा स्वास्थ्य मन्त्रालयले नै यो नम्बर चलाएको थियो ।

त्यस्तै, स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । उनका अनुसार जनरल वार्डमा २६ जना, आईसीयू १०, एचडीयूमा १० जना संक्रमित उपचाररत रहेका छन् ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आईसीयू सेवा बन्द गरेको डा. बलमे जानकारी दिएका छन् ।

उता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि ५ जना स्वास्थ्यकर्मी संक्रमित भएको असपतालका सूचना अधिकृत डा. नवराज गौतमलले जानकारी दिए । त्यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा ५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको अस्पतालका फोकल पर्सन डा जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

सरकारी तयारी के छ त यस्तो अवस्थामा ?

संक्रमित स्वास्थ्यकर्मीहरुको होम आइसोलेशन र अस्पतालमा उपचार भइरहेको छ । प्रायः संक्रमितहरुलाई ज्वरो आउने, शरीर घाँटी दुख्ने, रुघाखोकि लगायतका लक्षणहरु देखिएको छ । यसरी स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव हुने देखिएको छ । अस्पतालमका स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन सरकारले कदम चालिसकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी बताएका छन् ।

डा. अधिकारीका अनुसार सरकारले कोरोना संक्रमित बढेसँगै र अस्पतालमा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीको अभाव हुन नदिन रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थप भएको बताए ।

उनका अनुसार करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्ने व्यवस्था गरिएको छ । सरकारले आइतबारबाट कोरोना नियन्त्रणमा खटिएका फन्टनलाइनरलाई बुस्टर डोज दिने निर्णय गरेको छ ।

आजदेखि ‘बुस्टर डोज’

फ्रन्टलाइनर र सार्वजनिक क्षेत्रमा काम गर्नेलाई आइतबारदेखि ‘बुस्टर डोज’ खोप दिइएकोे छ । पूर्ण खोप लगाएको ६ महिना पुगेकालाई हाल सञ्चालनमा रहेका र थपिने नयाँ खोप केन्द्रबाटै ‘बुस्टर डोज’ दिइउको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ९ लाख ४९ हजार ८ सय ८७ जनालाई बुस्टर डोज दिन लागिएको हो । स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीले समेत बुस्टर डोज पाउनेछन् ।

सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई पनि खोप दिइने डा. अधिकारीले बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १२ : ५६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन