कर्मचारीहरुको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक | Khabarhub Khabarhub

कर्मचारीहरुको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक गरेको छ। यसअनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि सरकारले साउन महिनादेखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको हो ।

अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलबमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै नयाँ तलबमान एवं ग्रेड कायम भएको मन्त्रालयले जनाएको छ। 

प्राविधिक ग्रेडका सम्बन्धमा मन्त्रिपरिषद्को ०७६ माघ २७ को निर्णयअनुसारको व्यवस्थाअनुसार २०५७ साउन १ भन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरूको हकमा ०७९ साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी एक दिनको तलब बराबरको १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेडबापतको रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। 

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ५१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द