साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः 

१ .  नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाउने सत्ता गठबन्धनबीच सहमति 

पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै संसदबाट पारित गरि प्रमाणीकरणका लागि पठाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई संसद्मा तत्काल प्रक्रिया अघि बढाई पारित गरेर पुन प्रमाणीकरणका लागि पठाउने सहमति गरेको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

 संविधान बमोजिम संसद्ले पुन बिचार गरि प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उनले बताए ।  यसअघि संसद्ले साउन १५ गते पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते सुझावसहित पुनः विचारका लागि फिर्ता पठाएकी थिइन् ।

त्यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरि आएका सुझावका आधारमा संशोधन गरी अघि बढाउने सहमति भएको काकीले जानकारी  दिए   । 

२ . मधेश प्रदेशको आन्दोलन स्थगित 

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनलाई प्राथमिकतामा राखेर हेर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ ।  हिजो र अस्ति धर्नामा बसेको मधेस प्रदेश सरकार  आजदेखि आन्दोलन स्थगित गरेको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले  बताए  ।

यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगत्तै गर्ने आश्वासन दिएको  बताए ।

 संघीय सरकारले निर्वाचन अगाडिनै  मधेश प्रदेशमा  प्रहरी समायोजन गर्न प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएको भएपनि पनि कुनै चासो नदिएको भन्दै एक हप्ता सम्म  दैनिक  २ घण्टासम्म  धर्ना  गर्ने निर्णय गरेका थिए ।

 ३ . सभापति देउवाद्वारा केन्द्रीय समितिमा १० जना मनोनित 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् ।  देउवाले आज  किरण यादव  राधा घले  धना खतिवडा , उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई  गंगा शाही ,लक्ष्मी खतिवडा र सीता देवकोटालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन् ।

विधानको धारा २१ को उपधारा १० बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।  

४.  विवेकशील साझा पार्टीद्वारा दल दर्ता 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ । निर्वाचन आयोगमा आज दिउँसो  पुगेर पार्टीले दल दर्ता गरेको हो ।

पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, संयोजक सञ्जीवबल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार,  लगायतका नेताहरू आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न पुगेका थिए ।  

गत आइतबार पार्टीले अध्यक्ष पदबाट रविन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो । निर्वाचन आयोगले आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् ।

 ५.  बञ्चरेडाँँडामा प्रहरीद्धाराराउण्ड हवाईफायर 

काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्यास र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास  प्रहार गरेको  थियो ।

त्यसपछि स्थानीयवासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । स्थानीयले आज बिहान माइकिङ गरी  फोहोर नफाल्न प्रहरी र गाडी चालकलाई चेतावनी दिएका थिए ।

धुनीबेँसी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयवासिन्दालाइ चेतावनी दिएका छन् ।

 ६. नेप्से २४ भन्दा बढी अंकले घट्यो 

सेयर बजार परिसुचक नेप्से  आज भने ओरालो लागेको छ । नेप्से  आज  २४  दशमलव  ८३  अङ्कले  घटेर  २ हजार  ४१  दशमलव  ६ विन्दुमा पुगेको हो  ।आज सबै समूहको शेयर  घटेर राताम्मे भएको छ ।

दुई सय  २१  वटा कम्पनीको ६४  लाख ६ हजार ७ सय ३८  कित्ता शेयर  कुल दुई अर्ब ७३ करोड ४८  लाख  ५३  हजार ५८  रुपैयाँमा कारोबार भएको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले  गिरावट आएको छ ।

सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको चार करोड ५२ लाख रुपैयाँको शेयर  कारोबार भएको छ ।  समग्रमा बजार  घटेपनि  अपर हेवाखोला हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

७. टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु 

उदयपुरको कटारी  नगरपालिका–८ कुरिङभञ्याङमा टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ । 

कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।  चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएका छन् ।

 ८. सुरक्षा  बल बस  दुर्घटना  हुँदा ६ जनाको मृत्यु  

भारतको कश्मिरमा सुरक्षा  बल  सवार बस  दुर्घटना  हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । इन्डो–तिब्बत सीमा प्रहरी बल (आईटीबीपी) को बस आज बिहान १ कश्मीरको पहलगाममा दुर्घटना भएको हो ।

दुर्घटना भएर बस एस फिट  तल  जम्मु कश्मिरको खोलमा खसेको  भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको श्रीनगरको सेना अस्पतालमा उपचारभइरहेको छ । बसमा ३९ आईटीबीपी र २ जम्मू कश्मीरका पुलिस थिए ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । सबै जवान अमरनाथ यात्राबाट ड्युटी गरेर फर्किरहेका थिए ।  

 ९ . अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीमा परी ३१ जनाको मृत्यु   

अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीमा परी ३१ जनाको मृत्यु  हुनुको  भएको छ  अन्य  १७ जना घाइते भएका छन् । मृतक सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बख्तर राज्यको समाचार समितिले जानकारी दिएको छ ।

 अफगानिस्तानको पहाडी इलाकामा आएको यस बाढीमा परी दर्जनौं मानिस बेपत्ता भएका खामा प्रेसले जानकारी दिएको छ । आवासीय घरहरू र सयौँ कड खेती खेतहरूमा क्षति भएका स्थानीय स्रोत जानकारी दिएको छ ।

भीषण बाढीका कारण परवान–बम्यान राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षा र बाढीले पूर्वमा नानगाहार प्रान्त र उत्तरमा पन्जशिर प्रान्तलगायत अन्य धेरै अफगान प्रान्तहरूलाई पनि असर गरेको छ । बाढीले सयौँ आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैँचामा क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् ।

करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा आएको बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

 १० . एनसीसी कप–२०२२ को उपाधि बेल्चोक  ब्वाइजलाई 

बेल्चोक  ब्वाइजले एनसीसी कप–२०२२ को उपाधि जितेको छ । साविक विजेता ब्रेक एण्ड प्लेलाई ३१ रनले हराउँदै बेल्चोक च्याम्पियन बनेको हो ।टस  हारेर पहिले ब्याटिङ गरेको बेल्चोकले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो

बेल्चोकका लागि इमरानले  २९ बलमा ४६ रन ,अनीशले ३६ बलमा ३५ रनको योगदान दिए । ब्रेक एन्ड प्लेका लागी मरिअनोले २ तथा निरन्जन ,अल्विन र आलोकले १÷१ विकेट लिए ।  

१ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ब्रेक  एन्ड प्लेले  २० ओभरमा मात्र  ५ विकेट गुमाउदै १ सय ३७ रन बनाउन सक्यो ।ब्रेक  एन्ड प्लेका लागि मरिअनोले  ४१ बलमा सर्वाधिक ५४ रन बनाए । प्रतियोगिताको उपाधिसँगै बेल्चोकले नगद २ हजार क्यानेडियन डलर प्राप्त गर्यो । उपविजेताले १ हजार डलर प्राप्त गरेको छ

नेपलिज क्यानडियन क्रिकेट क्लबले अयोजना गरेको प्रतियोगितामा बेल्चोक ब्वाइजका इमरान असगर म्यान अफ द फाइनल  बन्दै १ सय डलर पुरस्कार पाए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका