'जलवायु परिवर्तनले नेपालको पहाडी र हिमाली क्षेत्रका जनावरहरू तिब्बत सरे'  | Khabarhub Khabarhub

‘जलवायु परिवर्तनले नेपालको पहाडी र हिमाली क्षेत्रका जनावरहरू तिब्बत सरे’ 



काठमाडौं- जलवायु परिवर्तनका कारण नेपालका पहाडी र हिमाली जिल्लाका जनावरहरू तिब्बत सरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.बिम श्रेष्ठले नेपालको पहाडी र हिमाली क्षेत्रका जनावरहरू तिब्बतमा सरेको र जलवायु परिवर्तनको असरले नेपाल फर्कन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

साथै, तिब्बतमा चरन जमिनको ठुलो हिस्सा रहेको उनले बताए । खबरहबले आयोजना गरेको ‘जलवायु परिवर्तनले जनावरहरूमा पार्ने प्रभाव’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको सान्दर्भिकता र केयूमा अमेरिकी स्टेट डिपार्टमेन्ट इन्गेजमेन्ट कार्यक्रमले गरेको पहलबारे प्रकाश पार्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

अन्तरक्रियामा काठमाडौँस्थित अमेरिकी दूतावासकी स्टेट पब्लिक डिप्लोमेसी अफिसर सारा नाइटले जलवायु परिवर्तनका विषयमा युवा पुस्तालाई सचेत गराउन अमेरिकी सरकारको प्रयासबारे प्रकाश पारिन् । उनले युवा विद्वानहरूलाई यस्तो गम्भीर समस्यालाई सम्बोधन गर्न थप नवीन विचारहरू ल्याउन आह्वान गरिन् ।

आईएसएसआरका बोर्ड डिरेक्टर नरेश श्रेष्ठले काठमाडौंमा भएको प्रदुषण तथा नेपालमा भएको नदीहरूको अवस्थाको बारेमा जानकारी गराएका थिए । साथै श्रेष्ठले जलवायु परिवर्तन र वातावरणको बारेमा विचार राखेका थिए ।

विदेशमा अन्तर्राष्ट्रिय अनुभवहरू, दुईतर्फी विद्यार्थी गतिशीलता, संस्थागत स्रोतहरूको साझेदारीका लागि विश्वविद्यालय साझेदारीको माध्यमबाट स्थानीय उच्च शिक्षा संस्थाहरूसँग युएस कलेज र विश्वविद्यालय सम्बन्धलाई सुदृढ पार्नु र निर्माण गर्न भएको काठमाडौं विश्वविद्यालय युएस अब्रोड स्टडी प्रोग्राम परियोजना अधिकारी जश्मा सैंजुले बताइन् ।

काठमाडौँ विश्वविद्यालयको युएस स्टडी एब्रोड इन्गेजमेन्ट प्रोग्रामले ‘इम्प्याक्ट अफ क्लाइमेट चेन्ज अन एनिमल्स’ शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम दरबारमार्गस्थित पेभिलियन ग्रुपको हलमा भएको हो । अन्तरक्रियामा मिशिगन स्टेट युनिभर्सिटी (एमएसयु) का विद्यार्थी र काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरू सहभागी थिए ।

नेपालका विश्वविद्यालय र युएस कलेज युनिभर्सिटीका युवा विद्यार्थी र विद्वानहरूलाई जलवायु परिवर्तनले जनावरहरूमा पार्ने नराम्रो प्रभावहरूबारे सचेत गराउने उद्देश्यले अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । साथै कार्यक्रममा जनावरहरूको बसाइसराइ, सिकारी, र यसले सामुदायिक वनहरूमा, जीविकोपार्जनमा पार्ने असर लगायतका विभिन्न विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : १४ बजे

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर