नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धको जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ « Khabarhub

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धको जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए । 

नेपालीमा बोल्दै मोदीले भने, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’ बुद्ध मानवताको सामूहिक बोधको अवतरण भएको बताए । बुद्ध बोध र शोध दुवै भएको बताए । बुद्ध विचार र सभ्यता भएको बताए । 

‘उहाँले हामीलाई यो अनुभूति गराए, प्राप्तिभन्दा पनि बढी महत्व त्यागको हुन्छ । त्याग गरेरै राजपरिवार छोडेर वनबास गए,’ प्रधानमन्त्री मोदीले भने । 

बुद्ध वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्मिएको भन्दै उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो । यही दिन बोधगयामा ज्ञान प्राप्त गर्नुभयो । यही दिन कुशीनगरमा महापरिनिर्वाण भयो । यही वैशाख पूर्णिमाका दिन भगवान बुद्धको जीवन रह्यो ।’

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : २५ बजे

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

काठमाडौँ – वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने

टी-ट्वान्टीको शृंखला भारतले जित्यो

  काठमाडौँ – हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दोस्रो तथा

खुल्यो हिमालयन हाइड्रोको आईपीओ

काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन

विम्बल्डन : नाडालको विजयी सुरुवात

काठमाडौँ – अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ ले हराउँदै स्पेनिस टेनिस

भारतमा ‘कबड्डी ४’ पीभीआरले रिलिज गर्ने

काठमाडौँ – गत जेठ १३ बाट प्रदर्शनरत फिल्म ‘कबड्डी ४