'देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले' भन्दै बालेनको पक्षमा नारा   | Khabarhub Khabarhub

‘देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले’ भन्दै बालेनको पक्षमा नारा  


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् । 

संयौंको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् । 

‘देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले ?’, ‘नेपाली जनताले के भन्छ, बालेन शाहलाई लेँ भन्छ’, जस्ता नारा लगाइरहेका छन् । 

यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले ‘सागर वसन्ते किस्ने, बालेन शाहले हो जित्ने’ भन्दै नारा लगाएका हुन् । 

मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवार बनेका थिए । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : ५६ बजे

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट