पूर्वी युक्रेनमा रुसी सेनाविरुद्ध प्रत्याक्रमण सुरु | Khabarhub Khabarhub

पूर्वी युक्रेनमा रुसी सेनाविरुद्ध प्रत्याक्रमण सुरु


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनी सेनाले रुसी फौजविरुद्ध मुलुकको पूर्वी क्षेत्रमा व्यापक प्रत्याक्रमण थालेको छ । युक्रेनी फौजको प्रत्याक्रमणका क्रममा पूर्वी युक्रेनस्थित खार्किभ शहरमा भीषण लडाइहरू भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि पश्चिमा सैनिक निकायहरूले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौजको आक्रमण सुस्त भएको बताएका थिए । युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भादिम डेनिस्चेन्कोले टेलिभिजनमा सम्बोधन गर्दै खार्किभ नजिकै ‘हाम्रो प्रत्याक्रमण’ जारी रहेको जनाएका छन् ।

‘यो रोकिनेछैन… यसबाट हामी रुसी मोर्चाको पछाडिको खेमामा पुग्नेछौँ ।’ उनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यता युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर शेरी गाइदाइले युद्ध मैदानको अवस्था ‘कठिन रहेको’ बताएका छन् । उनका अनुसार रुसी फौजले अहिले पूर्वी युक्रेनको सिभेरोडोनेत्स्क शहर कब्जा गर्ने प्रयास गरिरहेका छन् ।

उनका अनुसार रुस समर्थित लुहान्स्क जनगणतन्त्रका नेताहरुले त्यहाँ जन परिचालनको घोषणा गरेका छन् । लुहान्स्क जनगणतन्त्रले मानिसहरुलाई ‘लड्ने वा गोली खाने’ दुई विकल्प दिएको उनले बताए । ‘अर्को कुनै विकल्प छैन ।’ गाइदाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसबाहेक दक्षिणी युक्रेनको खेर्सन शहरमा पनि लडाइ जारी रहेको रोयटर्सले जनाएको छ । केही अघि मात्रै मिकोलाएभ शहरमा रुसी सेनाले क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।

यस्तै, अर्को पूर्वी शहर इजियममा पनि रुसी तथा युक्रेनी फौजबीच भीषण युद्ध भइरहेको रोयटर्सले जनाएको छ । युद्धका क्रममा युक्रेनी सेनाले आइतबारमात्रै रुसी फौजको १७ आक्रमणहरुलाई विफल पारेको दाबी गरेको छ ।

युक्रेनले ११ वटा रुसी सैनिक उपकरण ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी आक्रमणमा अरु दुई रुसी हेलिकोप्टर, ७ चालकरहित हवाई उपकरण ‘ड्रोन’, दुई क्रुज क्षेप्यास्त्र पनि ध्वस्त पारेको युक्रेनी सेनाको दाबी छ ।

यसअघि रुसले पुरै मोर्चामा आक्रमण गरेको जनाइएको थियो । रुसी फौजले २३ वटा गाउँ तथा शरहरुमा रहेका सार्वजनिक एवम् गैर सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको युक्रेनले दाबी गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ४८ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा