सर्लाही स्थित धनकौलको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी  | Khabarhub Khabarhub

सर्लाही स्थित धनकौलको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाही जिल्लामा २० वटा स्थानीय तह छन् । यो नेपालकै सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला हो ।

यसै जिल्लाको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार राम आश्रय शाह र उपाध्यक्ष पदका उम्मेदवार अकली सहनी विजयी भएकी छन् । विजयी शाहले अध्यक्ष पदका लागि ४ हजार ४ सय ७७ मत ल्याएका थिए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत मात्र प्राप्त गरे । महतोलाई १ हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी ४ हजार ५०४ मतका साथ विजयी भएकी छिन् । उनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् । निकटम् प्रतिद्वन्दी माओवादी केन्द्रकी निलम देवी सहनीले तीन हजार २ सय २५ मत मात्रै प्राप्त गरिन् ।

सातवटा वडा रहेको धनकौल स्थित वडा नम्बर १, २, ४ र ७ मा कांग्रेसका, ५ र ६ मा माओवादी केन्द्र तथा ३ नम्बर वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २ हजार ७४ सालको चुनावमा ३ वटा मात्र वडा जितेको कांग्रेसले यो पटक एउटा वड थप्दै ४ वटा पुर्याएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : १६ बजे

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ