उत्तर कोरियामा १० लाख कोरोना संक्रमित | Khabarhub Khabarhub

उत्तर कोरियामा १० लाख कोरोना संक्रमित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियामा कोभिड १९ संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् ।

एक साताअघि फैलिएको कोभिड १९ का कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ । महामारी रोकथाम नियन्त्रण गर्न भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ ।

उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’ बाट १० लाखभन्दा बढी मानिस बिरामी परेका छन् ।

संक्रमण नियन्त्रण गर्न कमजोर कदम चालेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन् ।

उत्तर कोरियामा पर्याप्त परीक्षण सामग्रीको अभाव रहेकाले पनि कोभिड १९ परीक्षण प्रभावित भएको बीबीसीले जनाएको छ ।

सर्वोच्च नेता किमले प्योङयाङका सडकमा उत्तर कोरियाली सेनाको चिकित्सा दलको ‘शक्तिशाली बल’ परिचालन गर्ने बताएको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ५० बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९