निर्वाचनमार्फत संसारलाई तरङ्गित बनाउने सेलीब्रेटी | Khabarhub Khabarhub

निर्वाचनमार्फत संसारलाई तरङ्गित बनाउने सेलीब्रेटी



किरण खेर भारतीय अभिनेत्री तथा राजनीतिज्ञ। सन् २०१४ देखि उनी सक्रिय राजनीतिमा छिन्। यस्ता धेरै भारतीय कलाकार र सेलीब्रेटी छन्, जसले भारतीय राजनीतिलाई तरङ्गित बनाए।

कलाकार, खेलाडी र गायक लगायत सेलीब्रेटी राजनीतिमा आएका घटना धेरै छन्। फरक यत्ति हो की यी मध्यका कुनै व्यक्ति लामो समय राजनीतिको एउटा उचाइमा पुगेका छ भने कुनै व्यक्तिका लागि धेरै सफलता हात लागेको छैन।
यी नै सफल नाम मध्यकी एक हेमा मालिनी पनि हुन्। भारतीय सिने उद्योगको पुरानो पुस्ताकी यी नायिका सन् १९६८ मा ‘सपनाको सौदा गर’को अपार सफलता पछि भारतीय सिने उद्योगमा स्टारको रूपमा उदाउन थालेकी थिइन्।

सन् २०११ बाट उनको राजनीतिक यात्राले सफलताको बाटो कोरेको थियो। सन् २०१४ मा उनी मथुराबाट लोकसभामा निर्वाचित भएकी थिइन्। सन् २०१९ को आम निर्वाचनमा त उनी अत्यधिक मतले विजयी भएकी थिइन्। बेजोड अभिनयका खानी कमल हसन सन् २०१७ मा राजनीतिमा आबद्ध हुन पुगे। मक्कल मेइदी मिया दलमा आबद्ध हसन तामिल नाडुका प्रभावशाली नेता हुन्।

बिहारमा विख्यात गायक तथा अभिनेता मनोज तिवारी पनि राजनीतिमा सक्रिय छन्। उनी दिल्लीमा भारतीय जनता पार्टी (विजेपी)को सङ्गठनात्मक संयोजक समेत छन्। सन् २०१४ मा समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। मनोज तिवारीको बारे अर्को एउटा प्रमुख तथ्य पनि छ। युवा कालमा उनलाई भारतका स्टार हुने अपेक्षा गरिएको क्रिकेटर थिए।

महेन्द्र सिंह धोनीसँग बाल्यकालमा क्रिकेट खेलेका मनोजलाई कुनै समय क्लास क्रिकेटरको कोटीमा राख्ने गरिन्थ्यो। कुनै समयका भारतीय क्रिकेटका मिथक पुरुष तथा पूर्व कप्तान सौरभ गांगुली र मनोज तिवारी घरेलु क्रिकेटमा एउटै क्लबबाट खेल्ने गरेका थिए। यसरी सँगै खेल्दा मनोज कुमारसँग गांगुली समेत प्रभावित थिए।

सन् २००९ मा शिव सेनाको बारेमा बोले पछि उनी पहिलो पटक विवादमा आएका थिए। उनको घरमा त्यस समयमा आक्रमण समेत भएको थियो।

सन् २०११ मा बाबा रामदेवको भोक हडताललाई समर्थन गरे पछि उनी चर्चामा आएका हुन्। अन्ना हजारेको गिरफ्तारीको विरुद्धमा उनले ठुलो प्रदर्शन गरेका थिए। सन् २०१७ मा उनले लोक सभाको निर्वाचनको दिल्लीको उत्तर पूर्वी क्षेत्रबाट जित हात पारेका थिए।

तलेगु सिनेमामा काम गर्ने नन्दमुरी बालकृष्णन पनि राजनीतिमा सक्रिय छन्। आन्द्र प्रदेशका पूर्व मुख्य मन्त्री एनटी रामा राओका ६ सन्तान मध्यका उनी एक हुन्। सन् १९७४ मा चलचित्र ‘तातमा कला’मा अभिनय गर्दै उनी स्थापित भएका थिए। डायलग डेलिभरीमा उत्कृष्ट उनले सयौँ चलचित्रमा अभिनय गरेका छन्। सन् २०१४ मा राजनीतिमा प्रवेश गरेका उनी त्यसै वर्ष सांसद भएका थिए।

यी त केही नाम भए। भारतीय सिने उद्योगमा अझ केही यस्ता सम्मानपूर्वक लिइने नाम छन् जसले कलाका क्षेत्रमा गरेको योगदानका कारण उनीहरू प्रति सदैव आदर भाव जाग्ने गर्छ। राजनीतिमा उनीहरूको उपस्थिति पनि त्यत्तिकै दरिलो छ। जय ललिताले त ६ पटक तामिल नाडुको मुख्य मन्त्रीको भूमिका निर्वाह गरेकी थिइन्।

राज बब्बर कुनै समय चर्चित भारतीय अभिनेता हुन्। तीनै राज बब्बरका बेजोड अभिनयका पारखी अहिले पनि त्यत्तिकै छन्। उत्तर प्रदेशलाई केन्द्र बनाएर राजनीति गरेका उनी ३ पटक लोकसभाका सदस्य भएका छन् भने दुई पटक माथिल्लो सदनका सदस्य भए। उनी उत्तर। प्रदेशका काँग्रेस कमिटी संयोजक पनि भए।

फिल्म फेयर अवार्ड पाएका विनोद खन्ना चलचित्रमा सफल अर्का भारतीय कलाकार हुन्। दुई पटक फिल्म फेयर अवार्ड विजेता खन्ना सन् १९९८ देखि सन् २००९ सम्म तथा सन् २०१४ देखि २०१७ सम्म संसदमा प्रतिनिधित्व गरेका थिए।
जय प्रदा हिन्दी तथा साउथ इन्डियन फिल्ममा उत्तिकै सफल नाम हो। उनी सन् १९६० देखि १९९० सम्म भारतीय फिल्म क्षेत्रमा उत्तिकै सफल नाम पनि हो।

तीन फिल्म फेयर अवार्ड विजेता जय प्रदा तलगेु तामिल, हिन्दी, मलायम, कन्नाड, बङ्गाली र मराठी फिल्ममा सक्रिय थिइन्। उनी सन् १९९४ मा तलगु देसग पार्टीमा आबद्ध हुँदै राजनीतिमा प्रवेश गरेकी थिइन्। त्यस पछि नै उनी सांसद समेत हुन सफल भएकी हुन्। भारतीय सिने जगतका मिथक पुरुष सत्य जित रायले त उनलाई सबैभन्दा फोटो जेनिक र स्क्रिनकै लागी जन्मिएकी कलाकारको संज्ञा दिएका थिए।

यसै महिना फीलीपीन्ससा भएको राष्ट्रपति निर्वाचनमा बक्सिङका स्टार मेनी पाक्वीयु उम्मेदवार भए पनि जित हात पार्न सकेनन्। राष्ट्रपति पदमा पाक्वीयुले सफलता नपाए पनि केही सेबलीब्रेटीले विभिन्न तहमा सफलता पाएका छन् । यसरी सफलता पाउनेमा रोबीन पाडीयला,आर्जे अटायडे र एजे फाल्कन र नास अगुरास रहे।

यसै निर्वाचनमा उम्मेदवार भएका एक्सन स्टार रोबीन सिनेट सदस्य बन्न सफल भए। अभिनेत्री लुकी टोरेस गोमज त्यहाँको मेयर पदमा सफलता हात पार्न सफल भइन्। उनले ओर्मोक सहरको मेयर पदमा सफलता पाएकी हुन्।
यी भए आंशिक सफलता पाउनेहरूको चर्चा। केही यस्ता सेलब्रेटी छन् जो देशको नेतृत्व गरी रहेका छन्। यसरी सफलता पाउनेमा हास्य कलाकार र गायक कै सङ्ख्या धेरै छ।

हाइटीमा माइकल मार्टेली सन् २०११ मा त्यहाँको राष्ट्रपति हुनु भन्दा अगाडी दशकौँ लोकप्रिय गायक थिए। बेलायती अभिनेता ग्लेन्डा ज्याक्सन पनि संसदमा पनि प्रतिनिधित्व गर्न सफल भए। कुनै समय विख्यात अमेरिकी कलर जर्ज मर्फी सन् १९६४ मा क्यालिफोर्नियाको सिनेटर भएका थिए। त्यसो त अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नाम चलेका व्यापारी तथा रियालिटी टिभी स्टार हुन्।

स्लोभानीयाका मार्जन सारेका टिभीमा लोकप्रिय नाम थिए। टिभी प्रस्तोता सारेक ४० वर्षको उमेरमा प्रधानमन्त्री भएका हुन्।

पाकिस्तानमा विश्व क्रिकेटका सुपर स्टार इमरान खान प्रधानमन्त्री भए। यो क्रम युगान्डामा पनि देखिएको थियो।
युगान्डाका राजनीतिज्ञ क्यागुलान्भी सेन्टामु कुने समय नाम चलेका पप गायक थिए। उनका समर्थक र पारखीको ठुलो जमात नै थियो। ३६ वर्षीय उनी गत वर्ष सांसद सदस्यमा चुनिए। यसका बाबजुद विभिन्न विवादित घटनामा संलग्न भएको आरोप त्यहाँको सेनाले लगाउन थाले पछि उनको राजनीतिक जीवन नै धरापमा परेको छ।

ग्वाटेमालाको जिम्मी मोरालेसको राजनीतिमा सफलतामा अझ अचम्मको छ। उनी राष्ट्रपतिको निर्वाचित हुनु भन्दा ६ महिना अगाडीको सर्वेक्षणमा एक प्रतिसतले मात्र उनले जित्ने सम्भावना व्यक्त गरेका थिए।

बाल्यकालमै बाबु बिताएका उनले गाडामा केरा बेचेर बाल्यकाल बिताएका थिए। त्यस पछि उनी टिभी कमेडीयन भएका थिए। सधैँ सीमान्तकृतको पक्षमा उनको कला प्रस्तुत भएका हुन्थे। उनले भ्रस्टाचार विरुद्धको मुद्दालाई प्राथमिकतामा राखेका थिए।

संसारको राजनीतिलाई हेर्ने हो भने धेरै यस्ता सेलीब्रेटी छन्, जसले राजनीतिमा नयाँ दिसा दिए। हास्य अभिनेता तथा निर्देशक भोलाडोमिर जेलेन्सकी अहिले युक्रेनको राष्ट्रपति छिन्। वर्तमान विश्व राजनीतिमा त उनी प्रति धेरेको चासो बढ्दो छ।

यी धेरै नेतामा एउटा समानता छ। धेरै जसो स्थापित कुनै दलको माध्यमबाट राजनीतिमा प्रवेश गरेका थिए। नेपालमा पनि थुप्रै कलाकार र सेलब्रेटी स्थापित राजनीतिक दलमा आबद्ध छन्।

बालेन्द्र साह एउटा यस्तो अपवाद देखिएका छन् की जो कुनै राजनीतिक दलको आड बिना नै राजधानी काठमाडौंमा तरङ्ग ल्याउन सफल भएका छन्। सायद यो तरङ्गले वर्षौँ वर्षसम्म प्रभाव छाड्ने छ।
श्रोत टाइम्स अफ इन्डिया, वान इन्डिया, रेपलर, दलीस्ट एकेडेमी, एलए टाइम्स

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ०८ बजे

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको