कश्मीरी पण्डित कश्मीर फर्किन थाले « Khabarhub

कश्मीरी पण्डित कश्मीर फर्किन थाले


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लडाकु समूहबाट हुने आतंककारी आक्रमणको जोखिम मोल्दै सन् २०१९ अगष्टमा धारा ३७० हटेयता ठूलो सङ्ख्यामा कश्मीरी पण्डितहरू कश्मीर फर्किन थालेका छन् ।

डेक्कन हेराल्डका अनुसार त्यसयता हालसम्म २ हजार १ सय भन्दा धेरै कश्मीरी पण्डितहरू कश्मीर फर्केका छन् । सन् १९९० मा द्वन्द्व चर्किएसँगै ५५ हजार जति कश्मीरी पण्डितहरू पलायन भएर जम्मु लगायत मुलुकका अन्य भूभाग पुगेका थिए ।

सरकारी तथ्यांकअनुसार सन् २०२०–२१ मा ८४१ जना र सन् २०२१–२२ मा १ हजार २ सय ६४ कश्मीरी पण्डितले कश्मीर फर्किन आवेदन दिएका थिए ।

प्रधानमन्त्रीको विकास प्याकेजअनुसार कश्मीरी पण्डितहरूलाई कश्मीर फर्किनका लागि प्रोत्साहन गर्नका निम्ति ३ हजार सरकारी कोटा पनि निर्धारण गरिएको छ । तीमध्ये २ हजार ८ सय २८ जनाको आवेदन प्रक्रिया पूरा भएको डेक्कन हेराल्डले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : ३५ बजे

वर्षाले ३ सडक पूर्ण र १२ आंशिक अवरुद्ध

काठमाडौँ- वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिक रुपमा

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा

 सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर

भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला

खोटाङ- खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा

भाषा आयोगको लापरबाहीले जुम्ली खस भाषाको अभिलेख छैन

खलङ्गा– खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरू अख्तियारको नियन्त्रणमा

वीरेन्द्रनगर- मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले