प्रो क्लब क्रिकेट च्याम्पियनसिपको उपाधि रूपन्देही ११ लाई | Khabarhub Khabarhub

प्रो क्लब क्रिकेट च्याम्पियनसिपको उपाधि रूपन्देही ११ लाई


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूपन्देही ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबार बिहान भएको फाइनल खेलमा रूपन्देहीले मलेसिया ११ लाई ७ विकेटले पराजित गरेको हो । रूपन्देहीको जितमा प्रज्ज्वल थापाले अर्धशतक प्रहार गरे ।

१ सय ४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा केबल ३ विकेट गुमाएर भेट्टायो । रूपन्देहीलाई जित दिलाउन प्रज्ज्वल थापा र सन्दीप रजालीले दोश्रो विकेटका लागि ११२ रनको साझेदारी गरे ।

१८ औँ ओभरको पहिलो बलमा मुहम्मद वफिकले आउट गर्नुअघि प्रज्ज्वल थापाले ६१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रनको योगदान गरेका थिए ।

त्यस्तै रुपन्देहीका लागि सन्दीप रजालीले ४१ रन, देव खनाल १२ रन जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

उसका लागि नजरिल रहमानले ३६ र जुबैदी जुल्किफले २६ रन जोडे । रूपन्देहीका लागि बसिर अहमदले २ तथा कृष्ण कार्की, रूपेश कुर्मी, बिक्रम भुसाल र विशाल बिक्रम केसीले १–१ विकेट लिए ।

तस्वीर- युट्युब/भीयू स्पोर्ट/स्क्रिनग्राब

प्रज्ज्वल थापा प्लेयर अफ द म्याच घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट भने बसिर अहमदले जिते ।

तस्वीर- युट्युब/भीयू स्पोर्ट/स्क्रिनग्राब

विजयी टोली रूपन्देहीले २ लाख ५० हजार रुपैयाँ जित्यो । उपविजेता मलेसियाले १ लाख रुपैयाँमा चित्त बुझायो । यो नेपालमा भएको क्लब क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कारराशी हो ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : २४ बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा